site stats
बाह्रखरी :: Baahrakhari
राजनीति
Nabil BankNabil Bank
Sarbottam CementSarbottam Cement
कांग्रेस र बुद्धिजीवीले स्याल हुइँया मच्चाए, आउँदो चुनावमा दुई तिहाइ ल्याउँछौं : प्रधानमन्त्री
Ghorahi CementGhorahi Cement
Agni Group
Global Ime bank

काठमाडाैं । प्रधानमन्त्री केपी शर्मा ओलीले आउँदो चुनावमा दुई तिहाइ मत ल्याउने दाबी गरेका छन् । २६ औं मदन आश्रित स्मृति दिवसका अवसरमा काठमाडौंमा भएको कार्यक्रमलाई सम्बोधन गर्दै उनले यस्तो बताएका हुन् । “सरकारको नीति तथा कार्यक्रममा कांग्रेस र बुद्धिजीवीले स्याल हुइँया मच्चाए,” प्रधानमन्त्री ओलीले भने, “राष्ट्रपतिले आफ्नो नभने कसको सरकार भन्ने ? कांग्रेसले आफूलाई जेठो पार्टी भन्छ अहिलेसम्म बुझेनछ ।”

उनले राष्ट्रपतिको नभएर गणतन्त्रको विरोध गरिरहेको बताए । “बुझौं, यो गणतन्त्रको विरोध हो,” उनले भने, “अराजकता, अस्थिरता फैलाउन प्रतिक्रियावादी लागिपरेका छन् ।” प्रधानमन्त्री ओलीले आवेशमा आएर टिप्पणी गर्न र हतारमा अभिव्यक्ति नदिन पनि आग्रह गरे । “सुन तस्करी रोक्यो, सामाजिक सञ्जालमा हामीलाई आरोप, बालुवाटार छानबिन गर्दैछौं हामीलाई नै आरोप, भ्रष्टाचार रोकिएको छ, हामीलाई नै आरोप, हामी कमाउन हिँडेका होइनौं,” उनले भने, “हामी कमाउन हिडेँका होइनौं । अरु उद्देश्य पनि छैन ।”

उनले आफूले पनि भ्रष्टाचार नगर्ने र गर्न पनि नदिने बताए । “मदनका विचार परिमार्जन हुन्छन्,” उनले भने, “तर मूल कसरा छाडिँदैन । छाडेर कहाँ जाने ? फेरि भन्छु विचारलाई सुत्र बनाउँदैनौं ।”
 
 

NIBLNIBL
प्रकाशित मिति: शुक्रबार, जेठ ३, २०७६  १०:१२
Sipradi LandingSipradi Landing
worldlinkworldlink
प्रतिक्रिया दिनुहोस्
Ncell Side Bar LatestNcell Side Bar Latest
Bhatbhateni IslandBhatbhateni Island
Kumari BankKumari Bank
Shivam Cement DetailShivam Cement Detail
Maruti cementMaruti cement
सम्पादकीय
ICACICAC