site stats
बाह्रखरी :: Baahrakhari
विदेश
Nabil BankNabil Bank
ट्रम्पद्वारा नयाँ अध्यगमन नीति प्रस्ताव, आश्रय खोज्नेमाथि कडाइ गरिने
Sarbottam CementSarbottam Cement
Prabhu Bank
Agni Group
NIC Asia
Global Ime bank

वाशिङटन । अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले नयाँ अमेरिकी अध्यागमन नीति प्रस्ताव गरेका छन् । उनले बिहीबार ह्वाइट हाउसमा सम्बोधन गर्दै अब अमेरिका  कम उमेरका , बढी शिक्षित र अंग्रेजी बोल्ने कामदारको पक्षमा रहेको बताएका छन् ।  उनले अहिलेको व्यवस्थाबाट टाढा गएर अमेरिकाले नयाँ नीति र प्रणाली ल्याउने बताए । उनले सीमा सुरक्षालाई कडाइ गरिने र आश्रय लिन खोज्नेहरुलाई कडा नियम ल्याइने समेत जनाएका छन् । 

उता विपक्षी डेमोक्र्याट पार्टीका नेताले राष्ट्रपतिको सो प्रस्तावमा आलोचना गरेका छन् ।   उनीहरुले हजारौ मानिस बच्चाको अवस्थामा अमेरिका ल्याइएको र उनीहरुलाई अहिले सम्म अमेरिकामा रहने कानुनी अधिकार नभएको जनाएका छन् ।   ट्रम्पले सीपको आधारमा कामदार भित्र्याउने प्रयास गर्ने जनाए । सीपयुक्त कामदार अब १२ प्रतिशतबाट ५७ प्रतिशत पुर्याइने समेत उनले जनाए । उनले आप्रवासी आउँदा अंग्रेजी सिक्नुपर्ने जरुरी रहेको र प्रवेश गर्नुअघि परीक्षा समेत पास हुनुपर्ने जनाएका छन् ।  (बीबीसी)
 

NIBLNIBL
प्रकाशित मिति: शुक्रबार, जेठ ३, २०७६  १०:०२
Sipradi LandingSipradi Landing
worldlinkworldlink
प्रतिक्रिया दिनुहोस्
Ncell Side Bar LatestNcell Side Bar Latest
Bhatbhateni IslandBhatbhateni Island
cg detailcg detail
Kumari BankKumari Bank
Shivam Cement DetailShivam Cement Detail
Maruti cementMaruti cement
सम्पादकीय
ICACICAC