कुकुर र बिरालो र एक—आपसमा कहिले मिल्दैनन् । एक—अर्काको देखभेट भयो कि दुबैको झगडा भइहाल्छ । कुकुर, बिरालो भएकोले बिरालोले भागेर ज्यान बचाउने गर्छ तर यस्तो किन भएको थाहा छ ?
उहिलेको कुरा हो । त्यति बेला कुकुर र बिरालो साह्रै नै मिल्ने र एक–अर्कालाई साह्रै माया गर्थे । दुबैको जीउ जोडिएको थियो । त्यही भएर होला उनीहरू जहाँ गए पनि सँगै जाने–आउने, खाँने–बस्ने र रमाइलो गर्थे । तर कहिलेकाहीँ चाहिँ गाह्रो पथ्र्यो ।
एक अर्कोबीचको माया देखेर उनीहरुको छिमेकी मुसालाई चाहिँ साह्रै डाहा र रिस उठ्थ्यो र ऊ जाहिले पनि उनीहरुलाई अलग पार्न पाए आनन्द हुन्थ्यो भनेर सोच्ने गथ्र्यो ।
एक दिन मुसाले दुबैलाई बोलाएर भन्यो– ‘हेर साथी हो ! म तिमीहरु दुबैको भलो चिताउने छिमेकी हुँ । मैले जाने–बुझेको कुरा तिमीहरुलाई नभने कसलाई भन्ने, होइन त ! मैले थाहा पाए अनुसार परको गुफामा हीरा–मोतीहरूको खानी छ रे । मैले त आफुले सकेजति ल्याउने विचार पनि गरिसकेँ । अब तिमीहरु पनि त्यस खानीबाट आफूलाई चाहिए जति हीरा–मोतीहरू ल्याउन सक्छौ । तिमीहरु भन्छौ भने म गुफा पनि देखाइदिउँला । ल ! भन के छ विचार ।’’
यो कुरा सुन्नेबित्तिकै बिरालोको मुखमा पानी आउन थाल्यो । कुकुर भने इमानदार, आफूसँग जे छ त्यसैमा ठीक छ भन्ने खालको थियो । बिरालो अलिक बढी नै लोभी थियो ।
बिरालोले मुसालाई ‘हुन्छ’ भन्यो । तर कुकुरले बिरालोलाई सम्झाउने प्रयास ग¥यो र भन्यो– ‘हेर साथी । तिमी र म अहिले कति आनन्दको जीवन बिताइरहेको छौ । फेरि यो धन, हीरा–मोती हामीलाई चाहिँदैन पनि ।’
तर, बिरालोले के कुरा सुन्थ्यो र । त्यही कुरामा दुबैको धेरै बेरसम्म बाझाबाझ भयो । अन्त्यमा दुबैले भगवान् श्रीहरि विष्णुको तपस्या गरी अलग्गिने वरदान माग्ने निश्चय गरे । यो कुरा सुनेर बिरालो र मूसा भित्रभित्रै खुसीले गद्गद् भइरहेका थिए ।
दुबैको तपस्याबाट प्रसन्न भए भगवान् श्री हरि विष्ण ‘वर माग’ भन्नुभयो । त्यसपछि दुबैले आ–आफ्नो गुनासो पोखे र दुबैको कुरा सुनेर भगवान् भन्नुभयो— ‘ठीकै छ म तिमीहरु दुबैलाई अलग्याइदिन्छु तर बिरालो तिम्री लोभी–पनाले गर्दा तिमीले आफ्नो मित्रबाट जहिले पनि भाग्नु पर्नेछ । र कुकुर तिमीलाई हरेक प्राणीले इमानदार पशुको रुपमा लिनेछन् । तथास्तु ।’ यति भनेर प्रभु अन्तध्र्यान हुनुभयो ।
बिरालो आफु अलग्गिने बित्तिकै मूसालाई लिएर गुफामा जान खोज्यो । अनि मुसाले गुफामा केहि पनि नभएको बतायो । त्यो सुन्नेबित्तिकै रिसले मूसालाई मार्न बिरालोले एक झापड हान्न खोज्यो तर मूसा खुर्र कुदेर दुलोमा पसिहाल्यो ।
हो, यही दिनपछि कुकुरले बिरालोलाई देख्यो कि मार्न कुदिहाल्छ र बिरालोचाहिँ आफ्नो मित्रबाट अलग्याउने दुश्मन मुसा हो भन्ठानेर मुसालाई जहाँ देख्यो त्यहीँ मार्न कुदिहाल्छ ।
लोभले गर्दा बिरालोले साथी गुमाउनुपयो र मूसाले डाहा गर्ने स्वभावले सबैभन्दा ठुलो दुश्मन जन्मायो । त्यसैले, कहिल्यै पनि कसैको डाहा गर्नु हुनुहुँदैन भन्ने गरिन्छ ।
(साभार : सुनकेस्रा बाल पत्रिका ।)
(बाह्रखरी डिजिटल न्युज तथा हातेमालो संचारको सहकार्यमा प्रस्तुत बाल सामग्री ।)