site stats
बाह्रखरी :: Baahrakhari
विदेश
Nabil BankNabil Bank
फेसबुक लाइभमा कडाइ ! नियम उल्लंघन गरे ३० दिनसम्म निषेध 
Sarbottam CementSarbottam Cement

एजेन्सी । न्युजिल्यान्ड हमलाको दुई महिनापछि फेसबुकले आफ्नो लाइभ फिचरमा कडाइ गर्ने भएको छ । क्रिसचर्चको मस्जिदमा भएको सो आक्रमणमा हमलाकारीले घटनाको समयमा फेसबुक लाइभ गरेको पाइएपछि कम्पनीको सो फिचर विवादमा आएको थियो । यसरी अनलाइन आतङ्क कम गराउने उद्देश्य सहित अहिले राष्ट्रप्रमुखहरुले सम्मेलनको तयारी गरिरहेकै बेला फेसबुकले यस्तो घोषणा गरेको हो ।

कम्पनीका अनुसार बुधबार देखि नै ‘वान स्ट्राइक’ नीति लागू गरिनेछ  जसमा कसैले फेसबुकको नियम उल्लंघन गरे सो प्रयोगकर्ताले अस्थायी समयका लागि जस्तै ३० दिनसम्म लाइभ प्रयोग गर्नबाट निषेधित हुनेछ । फेसबुकले कुनकुन नियम भनेर स्पष्ट नबताएपनि सामुदायिक स्तर अनुरुप सामाजिक संजालमा आतङ्क फैलाउने वा यसको प्रचार विरुद्ध रहेका नियमहरुलाई ध्यानमा राखेर वान स्ट्राइक लागू हुने बताएको छ । यस किसिमका गतिविधिमा संलग्न प्रयोगकर्तालाई आगामी हप्ताहरुमा विज्ञापन खरिदमा समेत रोक लगाउने कम्पनीले जनाएको छ । 

Prabhu Bank
Agni Group
NIC Asia

सोमबार मात्र सिएनएनसँग कुरा गर्दै न्युजिल्यान्डकी प्रधानमन्त्री ज्याकिन्डाले आफूले मार्क जुकरबर्गसँग दुईपटक प्रत्यक्ष कुरा गरिसकेको हुँदा यस विषयमा राम्रो कुरा भइरहेको बताएकी हुन् । यसरी फेसबुकले न्युजिल्यान्ड हमलाकारीले पोस्ट गरको आक्रमणको भिडियोका १५ लाख कपी डिलिट गरेको थियो । सो भिडियो फेसुकका साथै ट्वीटर र युट्युबमा पनि व्यापक शेयर भएको थियो । यसरी लाखौँ भिडियो हटाइसकेपछि पनि अझै कतिको व्यक्तिगत म्यासेजमा सो भिडियो हुन सक्ने बताइएको छ । तर फेसबुकले यसलाई गम्भीर समस्याका रुपमा लिएको भन्दै यस किसिमका भिडियोको अनुसन्धान गर्नकै लागि ७५ लाख डलर अतिरिक्त लगानी गर्न लागेको जनाएको छ । 

यसरी सामाजिक संजालमा आतङ्कको प्रचार रोक्न आवश्यक प्रयास र उपायहरु बारे गम्भीर छलफल गर्न ज्याकिन्डा सहित फ्रान्सका राष्ट्रपति इम्यानुअल म्याक्रोन लगायत क्यानडा, युरोप, मध्यपूर्व गरी विभिन्न देशका प्रमुखहरुले फेसबुक, गुगल, ट्वीटर जस्ता सामाजिक कम्पनीका वरिष्ठ प्रतिनिधिसँग भेटवार्ता गर्न लागेका हुन् । यस सम्मेलनमा इन्टरनेटबाट आतङ्क सम्बन्धी सामग्री हटाउने विषयमा छलफल हुने बताइएको छ । बेलायती प्रधानमन्त्री टेरेजा मेले पनि यसअघि सो सम्मेलनमा सरकार र प्राविधिक कम्पनीहरुलाई खतरनाक सामग्री अनलाइनमा शेयर हुनबाट बचाउन एकसाथ काम गर्न अपील गर्ने बताएकी थिइन् । 

Global Ime bank

यता फेसबुकले पनि दुरुपयोगलाई कम गराउँदै लाइभ फिचरलाई दैनिक जीवनमा सकारात्मक रुपमा प्रयोग गराउन चाहेको हुँदा यसमा परिवर्तन ल्याउन पछि नहट्ने बताएको छ । यसअघि न्युजिल्यान्डका प्राइभसी कमिसनरले फेसबुकका प्रमुखलाई इमेल लेख्दै उनीहरु मौन रहनु आफ्नो दुःखको अपमान गर्नु भएको भन्दै असन्तुष्टि जनाएका थिए ।
 

NIBLNIBL
प्रकाशित मिति: शुक्रबार, जेठ ३, २०७६  ०६:१५
Sipradi LandingSipradi Landing
worldlinkworldlink
प्रतिक्रिया दिनुहोस्
Ncell Side Bar LatestNcell Side Bar Latest
Bhatbhateni IslandBhatbhateni Island
cg detailcg detail
Kumari BankKumari Bank
Shivam Cement DetailShivam Cement Detail
Maruti cementMaruti cement
सम्पादकीय
नबिर्सौँ भूकम्पले सिकाएको पाठ !
नबिर्सौँ भूकम्पले सिकाएको पाठ !
ICACICAC