site stats
बाह्रखरी :: Baahrakhari
विदेश
Nabil BankNabil Bank
Sarbottam CementSarbottam Cement
पृथ्वीमा तीस लाखवर्ष अगाडि मात्र कार्बनको स्तर यति उच्च थियो !
Ghorahi CementGhorahi Cement

एजेन्सी । पृथ्वीको वातावरणमा पहिलोपटक ‘कार्बन डाइअक्साइड’ को स्तर ४१५ पार्टस् प्रति मिलियन पुगेको छ । अमेरिकाको हवाइ स्थित प्रमुख मापन केन्द्रले गरेको परीक्षणमा अनुसन्धानकर्ताहरुले यस्तो पत्ता लगाएका हुन् । वैज्ञानिकहरुका अनुसार पृथ्वीमा तीस लाख वर्ष अगाडि मात्र कार्बनको स्तर यति उच्च थियो । जस समय मानिसको उत्पति नै भएको थिएन अर्थात मानव इतिहासमै पहिलोपटक कार्बनको उत्सर्जन यति उच्च बिन्दुमा पुगेको हो ।

यसका साथै उनीहरुले २०१९ मा पछिल्लो दुई वर्ष भन्दा अझ तिव्र गतिमा कार्बन उत्सर्जन बढ्ने चेतावनी पनि दिएका छन् । ग्रिनहाउस ग्यासहरुमा कार्बन डाइअक्साइड लाई जलवायु परिवर्तनको सबैभन्दा प्रमुख कारण मानिन्छ । यसरी पृथ्वीको वायुमण्डलमा पछिल्लो तीस लाख वर्ष अगाडि त्यति कार्बन उत्सर्जन हुँदा पृथ्वीको औसत तापक्रम धेरै थियो, समुद्री सतह पनि बढेको थियो र अन्र्टाटिकामा जङ्गल रहेको बताइएको छ । तर अहिले भने अन्टार्टिकामा हिउँ तिव्र रुपले हिउँ पग्लिरहेको छ भने विश्वव्यापी रुपमा जङ्गल फडानीको क्रम वृद्धि भएको छ  ।

Agni Group

यस्तोमा यो खबरलाई कुनै पनि अवस्थामा सामान्य मान्न नसकिने विश्लेषक राल्फ निलिङ बताउँछन् । उनी स्क्रिप्स इन्सटिट्युसन अफ ओसिअनग्राफीमा कार्बन डाइ–अक्साइड कार्यक्रमका निर्देशक हुन् । हरेक वर्ष तापक्रम र कार्बनको उत्सर्जन यसरी नै बढ्दै गइरहेको हुँदा वातावरणप्रतिको दायित्वमा हामी चुकिरहेका छौँ भनेर पहिले नै आभास गरिसक्नुपर्ने उनको भनाइ छ । तर यसका निमित्त चाँडै नै आवश्यक उपायहरु अपनाइ पृथ्वीको संरक्षणमा ध्यान दिनु पर्नेमा राष्ट्रप्रमुखहरुले यो मुद्दालाई ख्याल ख्यालमा टार्दै आएको उनले बताएका हुन् । 

मुख्यगरी ऊर्जाको उपभोग गर्ने हाम्रो शैली दिर्गकालीन नभएकाले पनि यस्तो समस्या भएको बताइएको छ । किनकी मुख्य रुपमा फोसिल फ्युल अर्थात इन्धन नै कार्बन उत्सर्जनका लागि बढी जिम्मेवार छ । त्यसैले पनि वैज्ञानिकहरुले यो विषयमा अत्याधिक चिन्ता व्यक्त गरिरहेका छन् । यो भन्दा अगाडि पनि खतरनाक स्तरको मौसम परिवर्तनबाट जोगिन पृथ्वीमा कार्बन डाइअक्साइडको उत्सर्जन २५० पिपिएम राख्नुपर्ने वैज्ञानिकहरुले चेतावनी दिएका थिए । तर पछिल्लो ८ लाख वर्षमा कार्बनको उत्सर्जन १७० पिपिएमबाट ३०० पिपिएमसम्म पुगेको छ । भने २०१३ मा पहिलोपटक कार्बन उत्सर्जनले ४०० पिपिएम कटाएको थियो । 

Global Ime bank

यस्तोमा अब विश्वसँग ग्रिनहाउस ग्यासको उत्सर्जनलाई नियन्त्रण गरि चरम जलवायु परिवर्तन रोक्न अत्यन्तै थोरै समय रहेको बताइएको छ । वैज्ञानिकहरुले यसअघि नै १२ वर्षको समय अवधि तोकिसकेका छन् । त्यस्तै प्राकृतिक ग्यास, कोइला र इन्धनको उपभोग पनि ऐतिहासिक रुपमा सबैभन्दा उच्च स्तरमा पुगेको पाइएको छ । त्यसैले सबै राष्ट्रले पेरिस जलवायु सम्झौता लगायतका अभियानलाई गम्भीरतापूर्वक लिनुपर्ने बताइएको छ । 

NIBLNIBL
प्रकाशित मिति: शुक्रबार, जेठ ३, २०७६  ०५:५४
Sipradi LandingSipradi Landing
worldlinkworldlink
प्रतिक्रिया दिनुहोस्
Ncell Side Bar LatestNcell Side Bar Latest
Bhatbhateni IslandBhatbhateni Island
Kumari BankKumari Bank
Shivam Cement DetailShivam Cement Detail
Maruti cementMaruti cement
सम्पादकीय
ICACICAC