site stats
बाह्रखरी :: Baahrakhari
विदेश
Nabil BankNabil Bank
उत्तर कोरियाको परमाणु कार्यक्रमका लागि वार्ता गर्न ट्रम्प दक्षिण कोरिया जाने 
Sarbottam CementSarbottam Cement
Prabhu Bank
Agni Group
NIC Asia
Global Ime bank

अमेरिका । अमेरिकाका राष्ट्रपति डोनल्ड ट्रम्प दक्षिण कोरिया भ्रमणमा जाने भएका छन् । राष्ट्रपति मुन जेई इनसँग भेटवार्ता गर्न ट्रआगामी जुन महिनामा दक्षिण कोरिया जाने भएका हुन् ।  भेटवार्ताका क्रममा दुई नेताका बीचमा उत्तर कोरियालाई परमाणु हतियार नष्ट गर्नका लागि दबाब सिर्जनाका लागि चाल्न सकिने कदमका बारेमा छलफल हुने बताइएको छ । 

ह्वाइट हाउसले जारी गरेको बयानमा ट्रम्प र मुनबीच उत्तर कोरियालाई पूर्णतया परमाणु निशस्त्रीकरण गर्न अपनाउन सकिने विकल्पका बारेमा समन्वय जारी रहने उल्लेख छ । दक्षिण कोरियाको राष्ट्रपति कार्यालयले पनि वक्तव्य जारी गरेर भनेको छ, ‘‘दुबै नेता कोरियाली प्रायद्वीपलाई पूर्ण परमाणु निशस्त्रीकरणका माध्यमबाट स्थायी शान्ति स्थापित गर्न वार्ता गर्ने छन् ।’’ 

ट्रम्प र उत्तर कोरियाका नेता किम जोङ उनका बीचमा गत फेब्रुखरीमा भियतनामको राजधानी हनोईमा वार्ता भएको थियो । तर परमाणु निशस्त्रीकरण सम्बन्धि सम्झौतामा भने कुनै सहमति जुट्न सकेको थिएन । 
 

NIBLNIBL
प्रकाशित मिति: शुक्रबार, जेठ ३, २०७६  ०५:३७
Sipradi LandingSipradi Landing
worldlinkworldlink
प्रतिक्रिया दिनुहोस्
Ncell Side Bar LatestNcell Side Bar Latest
Bhatbhateni IslandBhatbhateni Island
cg detailcg detail
Kumari BankKumari Bank
Shivam Cement DetailShivam Cement Detail
Maruti cementMaruti cement
सम्पादकीय
ICACICAC