site stats
बाह्रखरी :: Baahrakhari
राजनीति
Nabil BankNabil Bank
राससमा दलाई लामाको समाचार बनाएपछि पत्रकारलाई स्पष्टीकरण, अन्तर्राष्ट्रिय मिडियामा हल्लीखल्ली
Sarbottam CementSarbottam Cement

काठमाडौं । सरकारी समाचार एजेन्सी राष्ट्रिय समाचार समितिका तीन जना पत्रकारलाई दलाई लामाको समाचार बनाएको आरोपमा स्पष्टीकरण लिएको विषयले अन्तर्राष्ट्रिय चर्चा पाएको छ । 

अमेरिकी समाचार एजेन्सी एशोसिएट्स प्रेस(एपी) र फ्रान्सेली समाचार समिति एएफपीले  सो समाचार बनाएकोले विश्वभरीका विभिन्न सञ्चार माध्यमले सो सम्बन्धी समाचार कभर गरेका छन् । दलाई लामाको प्रसंग पश्चिमा मिडियाका लागि ‘हट केक’ हुने गरेको र कतिपय मिडियाले नेपाल चीनतिर ढल्केको भनेर प्रचार गरिरहेका बेलामा राससका पत्रकारबारेको पछिल्लो समाचार उनीहरुका लागि अर्को ‘हट केक’ भएको पाइएको छ । 

रासस स्रोतका अनुसार राससका अन्तर्राष्ट्रिय समाचार शाखाका पत्रकारले राष्ट्रपति विद्यादेवी भण्डारी चीन भ्रमणमा रहेका बेलामा दलाई लामा सम्बन्धी एउटा समाचार बनाएका थिए । समाचारमा बिरामी भएर अस्पताल भर्ना भएका तिब्बतका धार्मिक नेता दलाई लामा अस्पतालबाट डिस्चार्ज भएर धर्मशाला फर्किएको जनाइएको थियो । दलाई लामा लामो समयदेखि भारतमा निर्वासनमा रहँदै आएका छन् ।

Prabhu Bank
Agni Group
NIC Asia

सो समाचारलाई लिएर राससभित्रैका र गोरखापत्रका केही पत्रकारले विवरण सूचना तथा सञ्चार प्रविधिमन्त्री गोकुल बाँस्कोटा समक्ष पुर्याएका थिए । त्यो पोल लगाउने काम चिनियाँ दूतावासतिर पनि भयो । मानवीय हिसाबले एक जना संसारले चिनेको मान्छे बिरामी परेर अस्पताल भर्ना भएको र डिस्चार्ज भएको कुरा समाचारको विषय पक्कै थियो । तर, त्यसलाई अन्य रंग दिएर अनावश्यक मुद्दा बनाउँदा अहिले अन्तर्राष्ट्रिय रुपमा नै बदनाम हुने अवस्था आएको राससको सो स्रोतले जनाएको छ । 

सरकारका तर्फबाट त्यति धेरै दबाब दिइयो कि डिल्लीराम भट्टराई संयोजक भएको एउटा छानबिन समिति नै बनाइयो । छानबिन समितिले बैशाख २३ गते सम्बद्ध तीन जना पत्रकारलाई स्पष्टीकरण नै सोध्यो । त्यसको व्यहोरामा भनिएको छ, ‘‘२०७६ वैशाख १४ गते राससको अन्तर्राष्ट्रिय सेवाबाट ‘तिब्बती नेता दलाई लामा अस्पतालबाट धर्मशाला फिर्ता’ शीर्षकमा समाचार सम्प्रेषण भएको विषय यहाँलाई जानकारी भएकै हुनुपर्छ । नेपाल सरकारले एक चीन नीति अवलम्बन गरेको र नेपालीको भूमि कुनैपनि मुलुकको विरुद्ध उपयोग गर्न नदिने बचनबद्धता प्रकट गरेको तथा दलाई लामाका विषयमा चीन निकै संवेदनशील भएको साथै सोही समयमा राष्ट्रपति विद्यादेवी भण्डारी चीनका राष्ट्रपति सी जिनफिङ्गको निमन्त्रणामा चीनको राजकीय भ्रमणमा रहनुभएको सन्दर्भमा उक्त समाचार के कति कारणले नेपाली भाषामा अनुवाद भई राससको अन्तर्राष्ट्रिय सेवाबाट अंग्रेजी र नेपाली दुवै भाषामा सम्प्रेषण भएको हो यो पत्र प्राप्त भएको २४ (चौबीस) घण्टाभित्र जानकारी दिनु हुन अनुरोध गर्दछु । ’’

Global Ime bank

ती पत्रकारहरुले भोलिपल्टै सो सम्बन्धी स्पष्टीकरण बुझाएका थिए । स्पष्टीकरणमा विभिन्न ११ बुँदा राखेर उनीहरुले राससले कस्ता समाचार बनाउने वा नबनाउने भन्ने कुनै नीति नभएको जनाएका थिए । त्यसमा उनीहरुले रासस भित्रका अन्य समस्याको बारेमा पनि जानकारी गराएका थिए ।
यस खालको स्पष्टीकरण आएपछि राससका अध्यक्ष हरिहर अधिकारी श्यामलले ती पत्रकारहरुलाई बोलाएर स्पष्टीकरण कडा भयो अलि नरम भएर स्पष्टीकरण दिन आग्रह गरेको स्रोतले जानकारी दियो ।

उनले यो स्पष्टीकरण राष्ट्रपतिको कार्यालय, प्रधानमन्त्रीको कार्यालय र सञ्चार मन्त्रालयमा पनि पठाउनुपर्ने भएकोले यसमा राससका आन्तरिक कुरा नराखी भूल स्वीकार मात्रै गरिदिन आग्रह गरेका थिए । पत्रकारहरुलाई फकाउने हिसाबले उनी प्रस्तुत भएपछि पत्रकारहरुले भूल स्वीकार गर्दै दोस्रो स्पष्टीकरण बुझाएका थिए । ‘‘अहिले यो मामिला लगभग सल्टिसकेको छ । तर, अन्तर्राष्ट्रिय रुपमै चर्चा पाएपछि थप समश्या निम्तिने अवस्था उत्पन्न भएको छ,’’ राससका एक अधिकारीले बाह्रखरीसँगको कुराकानीमा बताए ।

तर अध्यक्ष अधिकारीसँग भने पटक पटक प्रयास गर्दा पनि सम्पर्क हुन सकेन । उनलाई अन्तर्राष्ट्रिय सञ्चार माध्यममा भने सरकारको नीति विपरीत जान नमिल्ने भएकोले पत्रकारलाई स्पष्टीकरण लिइएको भनेको भन्दै उद्धृत गरिएको छ ।

को हुन् ती पत्रकार ?
स्रोतले जानकारी गराएअनुसार राससको अन्तर्राष्ट्रिय समाचार शाखा प्रमुखका रुपमा रहेका सोमनाथ लामिछाने समाचार बनेको दिन बिदामा थिए । मोहनी मिश्र र जीवन भण्डारी मात्रै सो दिन कार्यालयमा थिए । अर्का पत्रकार दिलिप शर्मा पनि सो दिन बिदामा रहेका थिए । त्यसैले राससले सो दिन उपस्थित रहने मोहनी र जीवनका अतिरिक्त बिदामा भएपनि शाखा प्रमुख भएको हिसाबले सोमनाथलाई पनि स्पष्टीकरण लिएको थियो । स्पष्टीकरण लिइएका तीनैजना पत्रकार प्रेस युनियन निकट भएको बताइएको छ । 
 

NIBLNIBL
प्रकाशित मिति: बिहीबार, जेठ २, २०७६  ०९:५३
Sipradi LandingSipradi Landing
worldlinkworldlink
प्रतिक्रिया दिनुहोस्
Ncell Side Bar LatestNcell Side Bar Latest
Bhatbhateni IslandBhatbhateni Island
cg detailcg detail
Kumari BankKumari Bank
Shivam Cement DetailShivam Cement Detail
Maruti cementMaruti cement
सम्पादकीय
ICACICAC