site stats
बाह्रखरी :: Baahrakhari
देश
Nabil BankNabil Bank
मदन भण्डारीको शव भेटाउँदा जागीरको आशा लागेको थियो
Sarbottam CementSarbottam Cement

दुई हजार पचास साल जेठ ४ गते । चितवनको चर्को घाम । बिहानको करीब ११ बजेको समयमा गाँजीपुरसँग जोडिएको नारायणी नदीमा माछा मार्न ४ जनाको समूहमा साथीहरुसँग गएका थियौँ । नदीमा माछा मारेर नै हामीहरुको जीवन धान्नुपर्थ्यो । त्यसबेला नारायणीमा एकदमै धेरै माछा पाइन्थ्यो । छप्की जालमा माछा पर्दै थियो । म अरु साथीभन्दा अघि थिएँ । जाल हान्दै जति अघिअघि जान्थेँ त्यति नै धेरै काभ्रे माछा पर्दैथियो । मेरा आँखा दुई चट्टानका बीचमा एउटा मुढाजस्तो देखिने वस्तुमा पर्‍यो । मलाई शव हो कि भन्ने लाग्यो । 

साथीहरुलाई लाश देखेको खबर गरेँ । शवको नजिकै पुगेँ । घोप्टो अवस्थामा लाश अड्किएर बसेको पाएँ । पानीको माथिको सतहभन्दा आधा फिटमा शव डुबेको थियो । अनि साथीहरु र म भएर बाँसको भारोको सहयोगमा नदी किनारमा निकाल्यौँ । 

शवलाई ओल्टाइपोल्टाइ हेर्‍यौँ । आँखाको नानीमा बाहेक अन्य ठाउँमा चोट थिएन । शव हेर्दा लाग्थ्यो, उठेर बोल्छजस्तो । एकदमै फ्रेस । शरीरमा खैरो रङको लामो बाउले सर्ट थियो, पाइण्ट भने थिएन । दुवै खुट्टामा मोजा थिए ।

Prabhu Bank
Agni Group
NIC Asia

शव पाए पनि मदन भण्डारीको जीप दुर्घटनामा मृत्यु भएको छ भन्ने थाहा थिएन । त्यही बेला चितवन राष्ट्रिय निकुञ्जको गस्तीमा खटिएका चार जना नेपाली सेना आइपुगे । उनीहरुले शव हेरे । सेनाहरुलाई मदन भण्डारीको मृत्युबारे थाहा रहेछ ।

हेरेपछि सेनाहरुले कालो छ, कुनै भारतीय हुन सक्छ भने । शवलाई बगाउन लागे । हामीले बगाउन दिएनौँ । जेठ ४ गते शवलाई नदी किनारमै छाडेर घर फर्कियौँ । घरमा बाजेलाई शव भेट्टाएको बताएँ । बाजेले शायद मदन भण्डारीको शव होला भन्नुभयो । उहाँले पुलिसलाई खबर गर्न भन्नुभयो तर पुलिसलाई खबर गर्ने आँट गरिन ।

Global Ime bank

जेठ ५ गते कुलो खन्दै थिएँ । दासढुङ्गाबाट एउटा टोली पौडी खेल्न जान्ने मान्छे खोज्दै गाँजीपुर आइपुगेछ । टोलीसँग मेरो बुबाको भेट भएछ । बुबाले हाम्रा छोराहरुले शव भेट्टाएको टोलीलाई जानकारी दिनुभएछ । लगत्तै टोलीसँग हामी काठेडुङ्गा लिएर शव भएको ठाउँ पुग्यौँ । नभन्दै त्यो शव नेता मदन भण्डारीको रहेछ ।

डुङ्गामा शव हालेर वारि आयौँ, जुन ठाउँमा अहिले मदन भण्डारी स्मृति पार्क बनिरहेको छ । फर्केर आउँदा मान्छे चौरमा अटाएका थिएनन् । ठूलो मेला लागेको जस्तो भीड ।  अनि पत्रकारहरुले मलाई सोधी खोजी गर्न लागे । जिल्ला प्रशासनबाट आएका कर्मचारीहरुले पनि सोध्न लागे । धेरै दिनसम्म मलाई र मेरा अरु तीन जना साथीलाई घटनाबारे मान्छेहरुले सोधिरहे ।

ठूलो मान्छेको शव भेटेकोमा आफूलाई भाग्यमानी र अभागी दुबै ठान्छु । अहिले पनि ती घटनाक्रमहरु मेरो आँखा अगाडि घुमिरहन्छ । अठार वर्षको हँदा त्यो शव भेटेको थिएँ । अहिले ४३-४४ वर्ष पुगेँ । त्यति ठूलो नेताको शव भेटाउँदा मलाई पक्कै सरकारले नेपाली सेनामा जागीर दिन्छ कि भन्ने लाग्यो । त्यस समयमा सिपाहीको शव भेटाउने मान्छेले नेपाली सेनामा जागीर खान पाउँथे । कुरा पनि चलाएँ तर भएन । अनि म वैदेशिक रोजगारीका लागि साउदी अरब लागेँ । १२ वर्ष साउदी बसेर नेपाल फर्किएँ । अहिले विदेशबाट फर्कीएको ११ वर्ष भयो । एउटा ट्रयाक्टर किनेको छु । आर्थिक अवस्था कमजोर नै छ । मसँगै शव भेटाएका किसान ठकुरी नेपालमै छ । श्यामबहादुर थापा मगर साउदी र टेकबहादुर आलेचाहीँ मलेसियामा छ । 

राष्ट्रपति विद्यादेवी भण्डारीसँग पार्ककै विकासको योजनासहित डेलिगेशनमा काठमाडौँ जाँदा भेट भयो । मलाई अरुले शव भटेउने मान्छे यही हो भनेर चिनाइदिए । म विदेश भएको समयमा मेरो प्रशंसापत्र बुवालाई प्रदान गरिएको रहेछ । अहिले त्यो प्रशंसापत्र जतन गरेर राखेको छु । 

मेरो इच्छा भनेको सरकारले गाँजीपुरलाई नमूना बस्तीका रुपमा विकास गरोस् भन्ने छ । अनि अहिले नेकपाकै सरकार छ, स्वर्गीय मदन भण्डारीकी धर्मपत्नी देशको राष्ट्रपति हुनुहुन्छ । मलाई नभए पनि मेरा छोराछोरीलाई अवसर दिए हुन्थो भन्ने लाग्छ ।  - (रासससँग हेमबहादुर थापा मगरले गरेको कुराकानीमा आधारित) 
 

NIBLNIBL
प्रकाशित मिति: बुधबार, जेठ १, २०७६  २१:०५
Sipradi LandingSipradi Landing
worldlinkworldlink
प्रतिक्रिया दिनुहोस्
Ncell Side Bar LatestNcell Side Bar Latest
Bhatbhateni IslandBhatbhateni Island
cg detailcg detail
Kumari BankKumari Bank
Shivam Cement DetailShivam Cement Detail
Maruti cementMaruti cement
सम्पादकीय
ICACICAC