site stats
बाह्रखरी :: Baahrakhari
देश
Nabil BankNabil Bank
Sarbottam CementSarbottam Cement
अदालतको अवज्ञा गरेको भन्दै मालपोत प्रमुखलाई जरिवाना
Ghorahi CementGhorahi Cement
Agni Group
Global Ime bank

काठमाडौं । उच्च अदालत पाटनले डिल्लीबजार मालपोत कार्यालयका प्रमुख विश्व मरासिनीलाई रु पाँच हजार जरिवाना गर्ने आदेश जारी गरेको छ ।

उच्च अदालतका न्यायाधीशद्वय मुहम्मद साविर हुसैन र टेकनारायण कुँवरको इजलासले आज अदालतको आदेशको पाँच पटकसम्म अवज्ञा गरेको हुँदा सो जरिवाना गरेको र सो जरिवाना अदालतमा आफैँ उपस्थित भएर सात दिनभित्र बझुाउन भनेको छ । 
    
मुद्दासम्बन्धी फाइल पटक-पटक पत्रचार गर्दासमेत उपलब्ध नगराएपछि अदालतको आदेश अटेर गरेर अवहेलना गरेको ठहर गर्दै जरिवाना गर्ने आदेश आदेशमा उल्लेख छ । आदेशमा पाँच वटा फाइल पटक-पटक माग गर्दासमेत मालपोत कार्यालयले बेवास्ता गरेको हुँदा न्याय प्रशासन ऐनअनुसार मालपोत कार्यालयका प्रमुख मरासिनीलाई जरिवाना गर्ने निर्णय उच्च अदालतले गरेको हो । 

अदालतले विसं २०७५ को जेठ ६, असार ८, साउन १९, माघ ३, चैत ३ गरी पाँच पटक अदालतको आदेश कार्यान्वयनका लागि पत्र लेखेको तर आदेश कार्यान्वयनामा ध्यान नदिए पनि कारवाही गर्ने निर्णय गरेको आदेशमा उल्लेख छ । - रासस

NIBLNIBL
प्रकाशित मिति: बुधबार, जेठ १, २०७६  २०:३२
Sipradi LandingSipradi Landing
worldlinkworldlink
प्रतिक्रिया दिनुहोस्
Ncell Side Bar LatestNcell Side Bar Latest
Bhatbhateni IslandBhatbhateni Island
Kumari BankKumari Bank
Shivam Cement DetailShivam Cement Detail
Maruti cementMaruti cement
सम्पादकीय
ICACICAC