site stats
बाह्रखरी :: Baahrakhari
देश
Nabil BankNabil Bank
Sarbottam CementSarbottam Cement
देवानगञ्‍जमा दलित नमुना बस्ती शिलान्यास
Ghorahi CementGhorahi Cement
Agni Group
Global Ime bank

विराटनगर । सुनसरीको देवानगन्ज गाउँपालिकाले दलितहरुलाई बस्ती निर्माण गरिदिने भएको छ । ‘नयाँ दलित वस्ती’को एक समारोहबीच गाउँपालिकाका अध्यक्ष लालीप्रसाद मेहताले बुधबार शिलान्यास गरेका छन् । देवानगन्ज-४ मा सो बस्ती निर्माण हुनेछ ।
 
वडा नम्बर ४ का वडाअध्यक्ष चन्द्रेश्वरप्रसाद मेहताले बस्ती निर्माणले दलित परिवारलाई निकै राहत हुने बताए । तराई मधेश योजनाअन्तर्गत बस्ती निर्माणको ठेक्का लागि सकेको छ । यसका लागि एक करोड रुपैयाँ विनियोजन गरिएको थियो । तर, ठेक्का भने ८१ लख रुपैयाँमा वडाअध्यक्ष मेहताले बताए । 

उपभोग्य परिवार संख्या २४ रहेको छ । त्यसमा पनि मुसहर समुदायकै अधिक छन् । मेहताले भने,‘‘दुई कोठे भान्छा तथा आँगनसहित भवन निर्माण हुनेछ ।’’

सगोलमा रहेका परिवारलाई दुई कोठा महिला पुरुष गरी दुई ठाउँमा चर्पीसमेत निर्माण गरिने बताइएको छ । हरेक परिवारलाई पाँच धुर जमिन खरिद गरी गाउँपालिकाले उपलब्ध गराएको छ । 

NIBLNIBL
प्रकाशित मिति: बुधबार, जेठ १, २०७६  १९:१५
Sipradi LandingSipradi Landing
worldlinkworldlink
प्रतिक्रिया दिनुहोस्
Ncell Side Bar LatestNcell Side Bar Latest
Bhatbhateni IslandBhatbhateni Island
Kumari BankKumari Bank
Shivam Cement DetailShivam Cement Detail
Maruti cementMaruti cement
सम्पादकीय
ICACICAC