site stats
बाह्रखरी :: Baahrakhari
देश
Nabil BankNabil Bank
सरकारी अस्पताल सरह सुविधा पाउनुपर्ने माग राख्दै दुई नर्स आमरण अनसनमा
Sarbottam CementSarbottam Cement

काठमाडौं । राष्ट्रिय तथा अन्तर्रा्ष्ट्रियस्तरमा हुने सम्मेलनमा नर्सहरूलाई सहभागी हुने मौका दिनुपर्ने, सरकारी अस्पतालमा पाइने सबै सुविधा उपलब्ध गराइनुपर्नेलगायतका माग राखेर दुई जना नर्सले अनसन सुरु गरेका छन् ।

मानव अंग प्रत्यारोपण केन्द्र भक्तपुरका दुई नर्सले अनसन सुरु गरेको छैठौं दिनसम्म पनि वार्ताका लागि कुनै पनि पहल भएको छैन । अनसनरत दुई नर्सहरुले आफूहरुको माग पूरा नभएसम्म अनसन जारी राख्ने बताएका छन् । 

गत शुक्रबारदेखि नर्स जिता बरालले लाजिम्पाटस्थित नर्सिङ संघको भवनमा अनसन सुरु गरेकी थिईन् भने नर्स डिकी शेर्पाले शहिद धर्मभक्त अंग प्रत्यारोपण केन्द्रको प्रांगणमा अनसन सुरु गरेकी थिईन् । तर, अहिले अनसनरत दुबै नर्सलाई अस्पतालमा भर्ना गरिएको छ । 

Prabhu Bank
Agni Group
NIC Asia

उनीहरु दुबै जनाको स्वास्थ्यमा समस्या आएपछि नर्स बराललाई बीपी स्मृति अस्पतालको वार्डमा उपचार भइरहेको छ भने नर्स शेर्पाको मान अंग प्रत्यारोपण केन्द्रमा उपचार भइरहेको छ । नर्स बरालको उपचारमा संलग्न एक स्वास्थ्यकर्मीले स्वास्थ्य अवस्था नाजुक बन्दै गएको बताइन् । 

पटक पटक आन्दोलन र धर्ना बस्दा समेत समस्या समाधान गर्न नर्सिङ संघ र अस्पताल प्रशासनले पहल नगरेको भन्दै गत शुक्रबारबाट संघ र अस्पताल परिसरमा नर्सहरुले आमरण अनसन सुरु गनुपरेको अनसनरत नर्सकी सहयोगी नर्स इला कोइरालाले बताइन् । 

Global Ime bank

उता नर्सिङ संघकी अध्यक्ष तारा पोख्रेलले आफू हरेक दिन नर्सहरु लिएर मन्त्रालयमा छलफल गरेको र बुधबार पनि मानव अंग प्रत्यारोपण केन्द्रका निर्देशक डा पुकार श्रेष्ठसँग छलफल गरेको बताउँछिन् । 

गत  वैशाख ११ गतेदेखि केन्द्रका नर्सहरू विरोधमा उत्रिएका छन् । यसअघि उनीहरू कहिले स्वास्थ्य तथा जनसंख्या मन्त्रालयमा त कहिले नर्सिङ संघ नेपालमा प्रदर्शन गरेका थिए  । तर समस्याको समाधान गर्न कुनै पनि पक्षले चासो नदेखाएपछि अनसन सुरु गर्नु परेको नर्सहरुले बताएका छन् ।

यस्ता छन् उनीहरुका माग

पुरानो कर्मचारीको कार्यसम्पादन मूल्यांकनका आधारमा ग्रेडिङ गरिनुपर्ने  
पुराना कर्मचारीलाई स्थायी गरिनुपर्ने ।
प्रत्यारोपण केन्द्रका नर्सहरुलाई समयमै तलब दिनुपर्ने ।
ठेकेदार प्रक्रिया हटाएर कार्यरत सम्पूर्ण कर्मचारीहरुलाई अस्पतालले नै तलबको व्यवस्था गर्नुपर्ने ।
सरकारी अस्पतालमा पाइने सेवा सुविधा उपलब्ध गराउनु पर्ने  ।

सांकेतिक तस्बिर

NIBLNIBL
प्रकाशित मिति: बुधबार, जेठ १, २०७६  १९:०७
Sipradi LandingSipradi Landing
worldlinkworldlink
प्रतिक्रिया दिनुहोस्
Ncell Side Bar LatestNcell Side Bar Latest
Bhatbhateni IslandBhatbhateni Island
cg detailcg detail
Kumari BankKumari Bank
Shivam Cement DetailShivam Cement Detail
Maruti cementMaruti cement
सम्पादकीय
ICACICAC