site stats
बाह्रखरी :: Baahrakhari
खेल
Nabil BankNabil Bank
Sarbottam CementSarbottam Cement
मनाङ र मिनर्वा पन्जाबबीचको खेल बराबरीमा रोकियो  
Ghorahi CementGhorahi Cement

काठमाडौं । एएफसी कप फुटबल अन्तर्गतको आफ्नो चौथो खेलमा नेपाली लिग च्याम्पियन सिग्नेचर मनाङ मर्स्याङ्दी क्लब र मिनर्वा पन्जाबसँग बराबरीमा रोकिएको छ ।

बुधबार सातदोबाटोस्थित एन्फा कम्प्लेक्समा भएको खेलमा दुबैले बराबरी १-१ गोलको बराबरी खेलेका हुन् । यसअघि भारतमा भएको खेलमा दुबै टोलीले २-२ गोलको बराबरी खेलेका थिए । आजको खेलमा पन्जाबले सुरुवाती अग्रता लिएको थियो ।

Agni Group

पन्जाबका लागि खेकाले ४० औँ मिनेटमा थाईबा सिंहले गोल गर्दै टिमलाई सुरुवाती अग्रता दिलाएका थिए । मनाङका लागि खेलको ८१ औँ मिनेटमा साहिदले बराबरी गोल फर्काए । उनले अन्जन बिस्टको क्रसमा उत्कृष्ट हेडर गोल गरेका हुन् ।

यसअघि खेलको ३७ औं मिनेटमा पन्जाबका सामुएलले गोलपोस्टको नजिकैबाट गरेको प्रहार मनाङका गोलरक्षक बिशाल श्रेष्ठले सहजै बचाउंबा पन्जाव अग्रता लिनबाट चुकेको थियो । त्यस्तै ५९ औं मिनेटमा कमलको लङ्ग क्रसमा अन्जनको हेडर प्रहार पन्जावका गोलरक्षक अर्श सिंहले सहजै बचाउँदा मनाङ बराबारी गोल गर्नबाट चुक्यो ।

Global Ime bank

पहिलो हाफको इन्जुरी समयमा पाहुना टोली पन्जाब १० खेलाडीमा समेटिएको थियो । पन्जाबका डिफेन्डर प्रतीक जोशीले मनाङका स्ट्राइकर सोमिडेलाई फाउल गरेपछी रेफ्रीले पहेँलो कार्ड दिएका थिए । यस अघि एक पहेँलो कार्ड खाएका जोशिले पहिलो हाफको इन्जुरी समयमा दोश्रो पहेँलो कार्ड खाँदै मदान बहिरिएका थिए ।

यस बरबारीसँगै चार खेल खेलेको पन्जावले चार खेलमा बराबरी गर्दै चार अंक जोडेको छ । यता चार खेल खेलेको मनाङले दुई खेलमा हार र दुईमा बराबरी गर्दै दुई अंक जोडेको छ । मनाङले यसअघि पन्जाबसँग उसैको घरेलु मैदानमा २-२ को बराबरी खेलेको थियो ।

NIBLNIBL
प्रकाशित मिति: बुधबार, जेठ १, २०७६  १७:०३
Sipradi LandingSipradi Landing
worldlinkworldlink
प्रतिक्रिया दिनुहोस्
Ncell Side Bar LatestNcell Side Bar Latest
Bhatbhateni IslandBhatbhateni Island
Kumari BankKumari Bank
Shivam Cement DetailShivam Cement Detail
Maruti cementMaruti cement
सम्पादकीय
ICACICAC