site stats
बाह्रखरी :: Baahrakhari
देश
Nabil BankNabil Bank
नेपालमा चोर्दाचोर्दै प्रहरीको फन्दामा परे पाकिस्तानी दम्पती (भिडियोसहित)
Sarbottam CementSarbottam Cement

काठमाडौं । प्रहरीले चोरीमा संलग्न भएको आरोपमा एक पाकिस्तानी दम्पतीलाई पक्राउ गरेको छ । महानगरीय अपराध महाशाखाको टोलीले राहदानी नं. क्यूडब्लू ४१०२६४३ वाहक मोसिन खान र एइ ०११०९४३ वाहक पूजा मोसिन खानलाई चोर्दाचोर्दै पक्राउ गरेको हो । 

अपराध महाशाखाका वरिष्ठ प्रहरी उपरीक्षक (एसएसपी) सहकुलबहादुर थापाले २९ वैशाखमा भक्तपुरको सूर्यविनायकमा उनीहरुले आर इलेट्रोनिक्समा चोरी गरेका थिए । आर इलेट्रोनिक्सका सञ्चालक रामकृष्ण श्रेष्ठले भने, ‘‘पसलमा सामान हेर्न आएका उनीहरुले नेपाली हजारको नोट कस्तो हुन्छ हेरौं भनेर मागे । विदेशीले हेर्न मागेको होला सोचेर दिँदा त गन्ने बहानामा हातबाट पैसा चोरेर भागेको पाइयो ।’’ उनीहरु राम्रो ‘गेटअप’मा भाडामा कार लिएर हिँड्ने गरेको पाइएको छ । महाशाखाका एसएसपी थापाका अनुसार श्रीमान् श्रीमतीसँगै उनीहरुका छोरा–छोरीसमेत नेपाल आएका थिए । यसअघि उनीहरुले बुटवलमा समेत चोरी गरेको पाइएको छ ।

Prabhu Bank
Agni Group
NIC Asia

उनीहरुले रुपन्देही पुगेर पनि राइजिङ स्पोर्टस् ग्यालरीबाट पनि १ लाख ५० हजार रुपैयाँ चोरीको प्रयास गरेका थिए । उनीहरुले प्रयोग गरेको बा १९ च ७४ नम्बरको समेत प्रहरीले नियन्त्रणमा लिएको छ ।

र्यविनायकमा चोरी गरी लोकन्थलीमा समेत चोरी गरेर भाग्दै गर्दा पिछा गरेर विमानस्थल क्षेत्रबाट उनीहरुलाई पक्राउ गरेको थापाले बताए । उनीहरुको साथबाट ५० दरका १७ र एक सय दरका २१ थान अमेरिकी डलर, पाकिस्तानी मुद्रा ८ सय र नेपाली रुपैयाँ एक लाख ३७ हजार ५ सय बरामद भएको छ । उनीहरु एक महिना अघिमात्रै पर्यटक भिसामा नेपाल प्रवेश गरेका थिए । उनीहरुबारे थप अनुसन्धान भइरहेको महाशाखाले जनाएको छ ।

Global Ime bank

हेर्नुस्, ठगी गर्दै गरेको भिडियो

NIBLNIBL
प्रकाशित मिति: बुधबार, जेठ १, २०७६  १६:५०
Sipradi LandingSipradi Landing
worldlinkworldlink
प्रतिक्रिया दिनुहोस्
Ncell Side Bar LatestNcell Side Bar Latest
Bhatbhateni IslandBhatbhateni Island
cg detailcg detail
Kumari BankKumari Bank
Shivam Cement DetailShivam Cement Detail
Maruti cementMaruti cement
सम्पादकीय
ICACICAC