site stats
बाह्रखरी :: Baahrakhari
देश
Nabil BankNabil Bank
नयाँ दिल्लीमा नेपाली युवतीको सामूहिक बलात्कार
Sarbottam CementSarbottam Cement

मुम्बई । नयाँ दिल्लीमा एक नेपाली युवतीको सामूहिक बलात्कार भएको छ । एक २४ वर्षीया नेपाली युवती नेपालबाट भारतमा आफ्नो दाजुलाई भेट्न गएको बेलामा नयाँ दिल्लीमा सामूहिक बलात्कार गरेको टाइम्स अफ इण्डियाको बुधबारको अनलाइन संस्करणमा जनाइएको छ । 

प्रहरीले सो सम्बन्धमा मुद्दा दर्ता गरेको र यस मुद्दालाई दिल्ली प्रहरीको जिम्मा लगाइएको जनाइएको छ । ती नेपाली युवतीले बलात्कारीको नाम पनि प्रहरीलाई टिपाएको समाचारमा जनाइएको छ । उनीहरुमध्ये एक जनाको फोन नम्बरसमेत प्रहरीलाई दिइएको छ । युवतीले दिल्लीमा रेलबाट कसरी मुम्बई जान सकिन्छ भनेर सोधेकी थिइन् ।
 
दिल्लीको द्वारका भन्ने स्थानमा रहेको बेलामा एक जना व्यक्तिले उनलाई मद्दत गर्ने बताएको थियो । त्यसपछि सोही व्यक्तिले उनलाई घरमा लिएर गए र त्यही आराम गर्न भने । त्यसपछि सोही घरमा ती युवतीलाई बलात्कार गरेको र  ती व्यक्तिले आफ्ना तीन साथीलाई पनि बोलाएको थियो । 

Prabhu Bank
Agni Group
NIC Asia

सामूहिक बलात्कारपछि ती युवतीलाई रेलवे स्टेशन नजिकै छोडेका थिए । द्वारकाबाट नेपाली युवतीले आफ्ना दाजुलाई फोन गरेका कारण सो व्यक्तिको फोन त्यही बेलामा पत्ता लागेको जनाइएको छ । 

प्रहरीले घटनाको आवश्यक अनुसन्धान गरिरहेको जनाइएको छ । पीडितका दाजुले प्रहरीसमक्ष सोमबार उजुरी दर्ता गरेका हुन् ।

Global Ime bank


 

NIBLNIBL
प्रकाशित मिति: बुधबार, जेठ १, २०७६  १५:०५
Sipradi LandingSipradi Landing
worldlinkworldlink
प्रतिक्रिया दिनुहोस्
Ncell Side Bar LatestNcell Side Bar Latest
Bhatbhateni IslandBhatbhateni Island
cg detailcg detail
Kumari BankKumari Bank
Shivam Cement DetailShivam Cement Detail
Maruti cementMaruti cement
सम्पादकीय
कतारका अमिर थानीसँगको अपेक्षा
कतारका अमिर थानीसँगको अपेक्षा
ICACICAC