site stats
बाह्रखरी :: Baahrakhari
प्रविधि
Nabil BankNabil Bank
Sarbottam CementSarbottam Cement
फेसबुकले लाइभ स्ट्रिमिङमा कडाइ गर्दै
Ghorahi CementGhorahi Cement

वाशिङ्टन । फेसबुकले आफ्नो लाइभ स्ट्रिमिङ फिचरलाई आजैदेखि कडाइ गर्ने भएको छ । न्यूजिल्यान्डमा केहीअघि क्राइस्ट चर्चमा भएको गोलीकाण्डको लाइभ गरिएपछि फेसबुकको लाइभ प्रसारणबारेमा विश्वव्यापी रुपमा आलोचना भएको थियो । 

फेसबुकले बुधबार एक वक्तव्य जारी गरी आफू नयाँ ‘वन स्ट्राइक’ नीतिमा गएको जनाएको हो । जस अन्तर्गतका फेसबुकको नियम अनुसार नचल्नेलाई अस्थायी रुपमा पहुँच अस्वीकार गरिनेछ । त्यो नीतिले कस्ता खालका गतिविधिलाई रोक्ने भन्ने प्रष्ट गरेको छैन । 

Agni Group

‘‘लाइभलाई दुरुपयोग गरेको पाइयो र त्यो दुरुपयोगलाई हामीले रोक्न खोजेको हो,’’ फेसबुकको वक्तव्यमा उल्लेख गरिएको छ । कम्पनीका अनुसार त्यस खालको अवरोध आगामी केही सातासम्म रहनेछ । 

न्यूजिल्यान्डमा ५१ जनाको मृत्यु हुनेगरी भएको गोलीकाण्डको १७ मिनेट लामो भिडियो सार्वजनिक भएपछि फेसबुकको सर्वत्र आलोचना भएको थियो । 
 

Global Ime bank

NIBLNIBL
प्रकाशित मिति: बुधबार, जेठ १, २०७६  १४:५९
Sipradi LandingSipradi Landing
worldlinkworldlink
प्रतिक्रिया दिनुहोस्
Ncell Side Bar LatestNcell Side Bar Latest
Bhatbhateni IslandBhatbhateni Island
Kumari BankKumari Bank
Shivam Cement DetailShivam Cement Detail
Maruti cementMaruti cement
सम्पादकीय
ICACICAC