site stats
बाह्रखरी :: Baahrakhari
राजनीति
Nabil BankNabil Bank
तीनवटा विधेयक फिर्ता लिन कांग्रेसको माग
Sarbottam CementSarbottam Cement

काठमाडौं । प्रमुख प्रतिपक्षी दल नेपाली कांग्रेसले सरकारलाई मिडिया काउन्सिलसम्बन्धि विधेयक, मानव अधिकारसम्बन्धि विधेयक र राष्ट्रिय सुरक्षा परिषद्सम्बन्धि विधेयक फिर्ता लिन माग गरेको छ । बुधबार बसेको कांग्रेस संसदीय दलको बैठकले सरकारलाई तीनवटै विधेयक संविधान प्रतिकूल रहेका कारण फिर्ता लिन माग गर्ने निर्णय गरेको हो । 

‘‘संविधान प्रतिकूल हुनेगरी सरकारले ल्याएका तीनवटै विधेयक फिर्ताका लागि सरकारसँग आग्रह गर्ने निर्णय भएको छ,’’ बैठकपछि पत्रकारहरुसँगको संक्षिप्त कुराकानीमा प्रमुख सचेतक बालकृष्ण खाँणले भने । सरकारले ल्याएका विधेयक हुबहु पारित भए मुलुकमा गम्भीर प्रतिफल ल्याउने कांग्रेसको ठहर छ । 

Prabhu Bank
Agni Group
NIC Asia

‘‘विधेयकहरुले मुलुकमा विचार अभिव्यक्ति र प्रेस स्वतन्त्रता कुण्ठित हुने, मानवअधिकार कमजोर हुने, राष्ट्रिय सुरक्षा निष्प्रयोजन, नेपाली सेना निष्प्रयोजन हुने छ,’’ प्रमुख सचेतक खाँणले भने, ‘‘मुलुकको सुरक्षा नै गम्भीर खतरामा पर्ने, गम्भीर प्रतिफल ल्याउने विधेयकलाई सरकारले फिर्ता लिनुपर्छ ।’’

कांग्रेसले विधेयक फिर्ता नगरे सदन र सडकबाट शक्ति परिचालन गर्ने चेतावनी पनि दिएको छ । ‘‘सरकारले संयमतापूर्वक विधेयक फिर्ता लिएर स्थिति सहजीकरण हुने छ,’’ खाँणले चेतावनी दिँदै भने, ‘‘जवरजस्ती सदनमा प्रवेश गराउन खोज्यो भने नेपाली कांग्रेसले सदन र सडकमा शक्ति परिचालन गर्छ ।’’
 

Global Ime bank

NIBLNIBL
प्रकाशित मिति: बुधबार, जेठ १, २०७६  १२:२१
Sipradi LandingSipradi Landing
worldlinkworldlink
प्रतिक्रिया दिनुहोस्
Ncell Side Bar LatestNcell Side Bar Latest
Bhatbhateni IslandBhatbhateni Island
cg detailcg detail
Kumari BankKumari Bank
Shivam Cement DetailShivam Cement Detail
Maruti cementMaruti cement
सम्पादकीय
कतारका अमिर थानीसँगको अपेक्षा
कतारका अमिर थानीसँगको अपेक्षा
ICACICAC