site stats
बाह्रखरी :: Baahrakhari
राजनीति
Nabil BankNabil Bank
प्रधानमन्त्री केपी ओलीका झूटैझूट 
Sarbottam CementSarbottam Cement

काटमाडौं । सम्मानित ओहोदामा बसेका व्यक्तिको कथनी र करनी (बोलाइ र गराइ)मा एकरूपता हुनुपर्छ । कारण– उनीहरू मुलुकका पथ–प्रदर्शक हुन् । अझ प्रधानमन्त्रीजस्तो अतिव सम्मानित पदमा बसेका व्यक्ति त आफ्नो वचनप्रति इमान्दार हुनैपर्छ । किनकि, उनीहरूको बोली र काम गराइमा मुलुकको भविष्य र आमनागरिकका सपना अडिएका हुन्छन् ।

तर, प्रधानमन्त्री केपी शर्मा ओलीले यसको अलिकति पनि ख्याल गरिएको देखिँदैन । लामो समय राजनीतिक अस्थिरता र अविकासको मार खेपिरहेका जनतालाई उनी सपना देखाउन माहिर छन् । र, यसैको बहानामा उनी पटकपटक झूट बोल्छन् ।

प्रधानमन्त्री ओलीलाई थाहै हुनुपर्छ– झूट र ढाँटको आयु लामो हुँदैन । सत्यको पर्दा उघ्रिहाल्छ । 

Prabhu Bank
Agni Group
NIC Asia

सत्य उद्घाटित हुँदै जाँदा प्रधानमन्त्री ओलीका विगतका अभिव्यक्ति र वितरित सपना ‘झूट’ र ‘दिल्लगी’ सावित भएका छन् । र, सार्वजनिक ठाउँमा खिसिट्युरीका पात्र बनाइएका छन् । 

झूटको सिलसिला

Global Ime bank

पानी जहाज चढ्ने निम्तो

प्रधानमन्त्री केपी शर्मा ओलीले दोस्रोपल्ट सत्ता सम्हालेको १४ महिना पूरा भएको छ । र, दोस्रोपल्ट बजेट ल्याउने तयारी गरिरहेको छ, नेपाल कम्युनिस्ट पार्टी (नेकपा) नेतृत्वको सरकार । र, संसदमा पूर्वबजेट छलफल जारी छ ।

प्रधानमन्त्री ओलीले चालु आर्थिक वर्षको मध्यतिरै सपना पूरा हुने भन्दै केही योजना पस्किएका थिए । ती योजना कहाँ पुगे ? प्रधानमन्त्रीलाई पनि थाहा छैन ।

गत असार १४ गते प्रधानमन्त्री ओलीले सरकारले पानी जहाज सञ्चालनको व्यापक गृहकार्य गरिरहेको भन्दै पुस १६ गते सप्तरीको पुरानो सदरमुकाम हनुमानगर आउन निम्तो नै दिए ।

प्रधानमन्त्रीको वचन झूटो नभइदिएको भए यतिबेला सप्तरीस्थित हनुमान नगरबाट स्टिमर चलिसकेको हुने थियो । आफ्ना दिवंगत नेता मदन भण्डारीको जन्मजयन्ती सभामा उपस्थित सयौँ नेता–कार्यकर्ताका सामु उभिएर प्रधानमन्त्रीले भनेका थिए– “‘रेलको कुरा गर्दा खेलौना देखाए । जहाजको कुरा गर्दा बाल्टीमा पानी हालेर कागजको जहाज बनाएर उडाए । हेर्दाहेर्दै हनुमाननगरबाट रेल चल्छ । अहिले सन् २०१८ हो, सन् २०१९को शुरूमै जहाज चल्छ । पुस १६ गते स्टिमर चढेर कलकत्ता गइन्छ । सबैलाई निम्तो छ ।”

प्रधानमन्त्री ओलीले नेपालको पानीजहाजलाई पुस १६ गते कलकत्तामा स्वागत गरिने बताएका थिए ।

तर, पुस महिनामा पानीजहाज चल्नु त कता हो कता, कार्यालयसमेत ११ महिना ढिला, दुई फागुनमा मात्रै खुल्यो । पानीजहाज चढ्ने निम्तो दिँदा गिल्ला गर्नेहरू इतिहासमा मजाकका पात्र बन्ने औँल्याएका थिए ओलीले । तर, कालान्तरमा आफैँ ‘मजाक’को पात्र बने ।

‘दौरा न सौराको खल्ती’
नेपालका नदीमा पानीजहाज चल्न सक्छन् कि सक्दैनन् ? स्टिमर चलाउने हो कि पानीजहाज ? जलयातायात विज्ञहरूको यसमा आ–आफ्नै धारणा छन् । र, अधिकांशको निचोड एउटै छ– नेपालका नदीहरूमा पानीजहाज चलाउन सकिँदैन ।

तर, प्रधानमन्त्री ओली जहाजको एकोहोरो रटान लगाइरहेकै छन् । 

प्रधानमन्त्रीकै पार्टीका प्रभावशाली नेता घनश्याम भुसाल त ‘अफ्रिकाका कोठीमा नेपाली चेली नग्न नृत्य गर्न अभिशप्त रहेका बेला प्रशान्त महासागरमा नेपाली झण्डावाल पानीजहाज सञ्चालन’को बहस औचित्यपूर्ण नहुने दाबी गर्छन् ।

प्रधानमन्त्री ओलीले भने पानी जहाज कार्यालय नै खोलिसकेकाले टिकट काट्न तम्तयार रहन निर्देशन दिइसकेका छन् ।

ललितपुर, एकान्तकुनामा उत्सवपूर्ण तवरले पानीजहाज कार्यालय खुल्यो । कार्यालय उद्घाटन गर्न ओली आफैं पुगे । कार्यालय सञ्चालनमा आयो भनियो, तर जहाज चल्ने–नचल्ने निधो छैन । र, यसलाई पूर्वाधार विज्ञहरूले ‘दौरा न सौराको खल्ती’को उपमा दिएका छन् ।

कार्यालय उद्घाटन गर्दै प्रधानमन्त्री ओलीले केही महिनाभित्रै पानीजहाज सञ्चालन गर्न सक्नेगरी आवश्यक जनशक्ति र योजना बनाउने दाबी गरेका थिए ।

तर, तीन महिनाको अन्तरालमा कार्यालयसँग बोर्डमात्रै छ । काठमाडाैं चक्रपथ सुधार योजनाको ११ कोठे भवनलाई कार्यालय भनिए पनि पानीजहाज कार्यालयले आफ्नो जिम्माको काम थाल्न सकेको छैन । भारतको अन्तरदेशीय जलमार्ग प्राधिकरणले गङ्गा नदीको हल्दीपुरसम्म पानीजहाज चलाउन पूर्वाधार बनाउन थालेको छ । प्रधानमन्त्री ओलीले पनि कोसी र नारायणीमा जहाज चलाउन सकिने भन्दै टिकट काट्ने तिथिमिति तोक्दै हिँडेका छन् ।

सहसचिव स्तरका रजिस्ट्रारसहित १६ जना कर्मचारी दरबन्दी कायम गरिएको पानी जहाज कार्यालय कोसीमा यसअघि नै सञ्चालनमा आएका स्टिमर दर्ता गरेर जहाजको तिर्खा मेटाइरहेको छ ।

ग्यास सिलिन्डर युग समाप्त
गत भदौ ५ गते प्रधानमन्त्रीले विराटनगर–१४ मा एक गोबर ग्यास प्लान्टको उद्घाटन गरे । ३२ घरधूरीलाई लाभान्वित गराउने गरी सञ्चालनमा ल्याइएको गोबर ग्यास प्लान्टको स्विच दबाउँदै प्रधानमन्त्रीले ‘सिलिन्डर युग समाप्त भएको’ घोषणा गरिदिए । त्यसो त उनले अघिल्लोपटक प्रधानमन्त्री भएका बेला चुलाचौकामा ग्यास पाइप पुर्‍याउने भन्दै सपना पस्किएका थिए ।

अहिले पनि विराटनगर महानगरपालिकाको एउटा वडासमेत पूर्णरूपमा लाभान्वित नहुने बायोग्यास प्लान्ट उद्घाटन गर्दैमा काँधमा सिलिन्डर युग नै समाप्त भएको घोषणा गरेको भन्दै प्रधानमन्त्री उपहासको पात्र बने ।

विराटनगर महानगरपालिकाको १२ लाख, विश्व बैंक, नेपाल सरकारको १ करोड ११ लाख र गौ सेवा सदनको सहयोगमा ‘नमुना बायोग्यास पाइपलाइन’ निर्माण भएको र ८० घरमा ग्यास पुर्‍याउने लक्ष्य राखिएको भए पनि प्लान्ट विस्तार हुन सकेको छैन । अहिले बाँडिएका घरका घरधनीले नै राम्रो सेवा नपाएको गुनासो गरिरहेका छन् ।

खै बिजुली बस ? ग्यारेजमा थन्क्यो !
सरकारले गत कात्तिक ५ गते तामझामसहित बिजुली बसको उद्घाटन ग¥यो । प्रधानमन्त्री आफैं त्यसमा चढेर सिंहदरबार पुगे । बिजुली बस चढेर सिंहदरबार जाँदै गर्दा प्रधानमन्त्री ओलीले तीन वर्षभित्र चुलाचुलामा बिजुलीको तार पुर्‍याउने योजना पनि सुनाए ।

तर, भोलिपल्टदेखि नै थन्किएका बिजुली बस कुन हालतमा छन् भन्ने प्रधानमन्त्रीले चासो देखाएका छैनन् । प्रधानमन्त्री ओलीमात्र होइन, वनमन्त्री शक्ति बस्नेत, अर्थमन्त्री युवराज खतिवडा, नेकपाका नेता एवम् पूर्वसभामुख सुवासचन्द्र नेम्वाङ, काठमाडौं महानगरका मेयर विद्यासुन्दर शाक्य र ललितपुर महानगरका मेयर चिरिबाबु महर्जन, प्रहरी प्रमुख सर्वेन्द्र खनाललगायत उच्चपदस्थ सरकारी अधिकारीहरू पनि पुलचोकमा रहेको साझा यातायातको कार्यालयबाट बिजुली बस चढेर सिंहदरवार पुगेका थिए । बिजुली बसको हालतबारे उनीहरूलाई पनि थाहा छैन होला ।

बिजुली बस उद्घाटन गर्दै विद्युतीय सवारी केवल ‘गाडी’ मात्र नभई देशको आगामी कार्यदिशा भएको बताएका थिए ओलीले । भनेका थिए– “देशबाट लोडसेडिङ अन्त्य भइसक्यो, अबको केही वर्षमा जलविद्युत्लाई प्रोत्साहन गरेर इन्धन आयात घटाउँछाैं ।”  

सन् २०२० सम्ममा कुल सवारीसाधनको २० प्रतिशत  विद्युतीय हुने र २०७६ सालको शुरूवातमै दुई सयवटा बिजुली बस काठमाडौंमा गुडाउने प्रधानमन्त्रीले बताएका थिए ।

प्रधानमन्त्री ओलीको भनाइ सत्य सावित हुनु त कता हो कता, एसियाली विकास बैंकसँगको समन्वयमा लुम्बिनी क्षेत्र विकासका लागि भनेर भित्र्याएका ती पाँचवटै गाडी गुड्नै नपाई ग्यारेजमा थन्किएका छन् ।

गौतमबुद्ध अन्तरराष्ट्रिय एयरपोर्ट नबनुन्जेल कोषले ती गाडी साझालाई काठमाडौं उपत्यकामा सञ्चालन गर्न दिएको हो । तर, मापदण्ड बमोजिम नरहेको भन्दै सरकारले नै बिजुली बसहरू नगुडाउन उर्दी जारी गरेको सरोकारवाला बताउँछन् ।

‘विप्लवका गतिविधि चैतभित्रै नियन्त्रणमा आउँछन्’
प्रधानमन्त्री ओलीले प्रतिबन्धित नेत्रविक्रम चन्द ‘विप्लव’ समूहका ध्वंसात्मक गतिविधि चैत मसान्तभित्रै नियन्त्रणमा लिने दाबी गरेका थिए । फागुन १८ को मन्त्रिपरिषद् बैठकले विप्लव समूहका गतिविधिमाथि प्रतिबन्ध लगाउने निर्णय गरेपछि विभिन्न कोणबाट सरकारको आलोचना पनि भएको थियो । चैत ११ गते पार्टी संसदीय दलको बैठकमा बोल्दै ओलीले विप्लव मूलधारको राजनीतिमा नफर्किए जेलमा जाने र उहीँबाट सच्चिएर आउने चेतावनीसमेत दिएका थिए  ।

“उहाँहरु सहमतिमा आए ठिकै छ, नत्र विप्लव समूहका अतिवादी क्रियाकलाप चैतभित्रै सरकारले नियन्त्रण गर्छ,” प्रधानमन्त्रीले आफ्नो पार्टीका सांसदसामु उभिएर भनेका थिए, “विकास निर्माणमा बाधा पु¥याउने, शिक्षा स्वास्थ्यमा अवरोध गर्ने, चन्दा माग्ने, मान्छे मार्ने अनि अनि हँसिया हथौडा अंकित झण्डा प्रयोग गर्ने ? यस्तो प्रवृतिलाई सरकारले नियन्त्रण गर्छ नै ।”

तर, वैशाख मसान्तसम्ममा पनि विप्लव समूहका गतिविधि सरकारले नियन्त्रणमा लिन सकेको छैन । त्यसयता सो समूहनिकट एकाध नेता–कार्यकर्ता पक्राउ परेका भए पनि विप्लव समूहले आफ्ना गतिविधि जारी नै राखेका छन् । यस प्रकरणमा पनि केपी ओली आफ्नो वचनमा झूटा सावित भएका छन् ।

‘काठमाडौंमा मानिसहरू मास्क नलगाई हिँड्न थाले’
प्रधानमन्त्री ओलीको झूटको सिलसिला लामो छ । २४ वैशाखमा प्रतिनिधिसभामा उठेका प्रश्नहरूको जवाफ दिँदै उनले यस वर्षदेखि काठमाडौँमा मानिसहरु मास्क नलगाई हिँड्न थालेको दाबी गरे ।

“मास्क खोलेर हिँड्ने कुरा साथीहरूले गर्नुभयो । पोहोर साल मास्क लाएर हिँड्नुहुन्थ्यो, अहिले त आफैँ नलाई हिँड्नुभएको छ । अरू केही प्रमाणै चाहिँदैन,” सांसदहरूलाई उनले जवाफ फर्काएका थिए ।

“हामीले अब सफा कसरी–कसरी गर्छौं पनि भनेका छौँ । बाहिरबाट धूलोसहित आउने गाडीहरूलाई अटोमेटिक सफाइ केन्द्रहरु बनाएर, त्यसबाट सफा बनाएर मात्रै भित्र ल्याउने जस्ता प्रवन्धहरुसमेतका विधिहरु अपनाएर सफा गर्छौं भनेका छौं । यी काल्पनिक कुराहरू होइनन्,” उनले योजनासमेत सुनाएका थिए ।

तर, प्रधानमन्त्रीको भनाइ दुई दिन पनि टिकेन । पर्सिपल्टै बाटो पिच नभएको र एक दशकदेखि धुवाँधूलोबाट आक्रान्त बन्नुपरेको भन्दै बौद्ध–जोरपाटीका जनता सडकमा ओर्लिए र सरकारविरुद्ध शंखनाद् गरे ।
अहिले ढोलाहिटी, चापागाउँ–लेले सडकखण्डका जनता पनि धूलोबाट प्रताडित भएको भन्दै मास्क लगाएरै सडकमा धर्ना बसिरहेका छन् । त्यहाँको यातायात पाँच दिनदेखि अवरुद्ध छ ।

‘मेलम्ची आयोजनाको गति जापानी कारको जस्तै’
मंसिरको उत्तराद्र्धतिर प्रधानमन्त्री ओलीले ‘मेलम्ची खानेपानी आयोजनाको गति जापानी कारको जस्तै भएको र पानी छिट्टै काठमाडौंमा झार्ने’ भन्दै तिर्खाएको काठमाडौंलाई थामथुम पारेका थिए । २०७६ वैशाखको शुरूआतमै काठमाडौंमा पानी झार्ने सरकारको लक्ष्य थियो ।

तर, लाग्दो पुसमै ठेकेदार कम्पनी ‘कोपराटिभा मुराटोरी एण्ड सेमेन्टिस्टी सिएमसी’ले काम छाडेर हिँडेपछि अहिले मेलम्ची जापानी कार होइन, तामझामले उद्घाटन गरिएको बिजुली बसझैँ आयोजनास्थलमै थन्किएको छ । पाँच महिना भयो, मेलम्ची खानेपानी आयोजना अलपत्र परेको । मेलम्ची खानेपानी आयोजनाको सन्दर्भमा सरकार किंकर्तव्यविमूढ छ ।

केही दिनअघि नेकपाका अध्यक्ष पुष्पकमल दाहालले मेलम्ची समयमा नआउनुमा कर्मचारीको हात रहेको बताउँदै हस्तक्षेप गरेर भए पनि पानी झार्ने बताएका थिए ।

सरकारले हस्तक्षेपै गरे पनि २०७६ चैत मसान्तमसम्म पानी भित्र्याउन कठिन रहेको ठोकुवा गर्छन्, आयोजनाका अधिकारीहरू ।

‘समृद्ध नेपाल सुखी नेपाली’को ब्यानर बोकेर मञ्चैपिच्छे बारबार झूट बोलिरहँदा प्रधानमन्त्री केपी शर्मा ओली सरकारको आलोचनाको मूलस्रोत बनेका छन् ।

NIBLNIBL
प्रकाशित मिति: मंगलबार, वैशाख ३१, २०७६  १६:४९
Sipradi LandingSipradi Landing
worldlinkworldlink
प्रतिक्रिया दिनुहोस्
Ncell Side Bar LatestNcell Side Bar Latest
Bhatbhateni IslandBhatbhateni Island
cg detailcg detail
Kumari BankKumari Bank
Shivam Cement DetailShivam Cement Detail
Maruti cementMaruti cement
सम्पादकीय
ICACICAC