site stats
बाह्रखरी :: Baahrakhari
खेल
Nabil BankNabil Bank
मनाङलाई चुनौती दिने पन्जाबको लक्ष्य
Sarbottam CementSarbottam Cement

काठमाडौं । एएफसी कपअन्तर्गत भारतीय आई लिग विजेता क्लब मिनर्वा पन्जाबले बुधबार दोस्रो अवे खेलमा नेपालको लिग च्यम्पियन मनाङ मर्स्याङ्दीविरुद्ध खेल्दैछ । दुबै टोलीबीचको खेल बुधबार अपरान्ह ३:०० बजेबाट सुरु हुँदैछ ।

खेलअघि मंगलबार प्रि-म्याच कन्फरेन्समा बोल्दै पन्जाबका मुख्य प्रशिक्षक सचिन तनाजी बडाढेले घरेलु टोली मनाङविरुद्ध उत्कृष्ट प्रदर्शन गर्दै ३ अंक जोड्ने लक्ष्य भएको बताए । “अवे खेल भए पनि हामी हतासिएका छैनौँ । घेलु मैदानमा भएको प्रदर्शनभन्दा उत्कृष्ट बन्दै अंक बटुल्ने हाम्रो योजना छ”, बडालले भने ।

Prabhu Bank
Agni Group
NIC Asia

पन्जाबले घरेलु मैदानमा भएको खेलमा मनाङसँग २-२ गोलको बराबरी खेलेको थियो । साथै उनले अघिल्लो चरणमा बलियो सम्भावना बनाउनको लागि अझै उत्कृष्ट बन्नुपर्ने बताए ।

त्यस्तै पन्जाबका कप्तान ओमालाजा नुरेन करिमले मनाङलाई हराउँदै ३ अंक बटुल्ने योजना रहेको बताए । “खेलको हिसाबले दुबै टोली बराबर छौँ । तर, मनाङविरुद्ध अंक खोस्ने हाम्रो लक्ष्य छ । खेल हो के हुन्छ नतिजानै कुर्ने छौँ”, ओमालाजाले भने । 

Global Ime bank

NIBLNIBL
प्रकाशित मिति: मंगलबार, वैशाख ३१, २०७६  १४:२७
Sipradi LandingSipradi Landing
worldlinkworldlink
प्रतिक्रिया दिनुहोस्
Ncell Side Bar LatestNcell Side Bar Latest
Bhatbhateni IslandBhatbhateni Island
cg detailcg detail
Kumari BankKumari Bank
Shivam Cement DetailShivam Cement Detail
Maruti cementMaruti cement
सम्पादकीय
ICACICAC