site stats
बाह्रखरी :: Baahrakhari
राजनीति
Nabil BankNabil Bank
सबै सरकारी कर्मचारीसँग कार्यसम्पादन सम्झौता गर्न माग 
Sarbottam CementSarbottam Cement
Prabhu Bank
Agni Group
NIC Asia
Global Ime bank

काठमाडौं । संघीय संसदको प्रतिनिधिसभाका सांसदहरुले सबै तहका कर्मचारीहरुलाई कार्य सम्पादन सम्झौता अनिवार्य गर्नुपर्ने कानुनी व्यवस्था तत्काल गर्न सरकारसँग माग गरेका छन् । सत्तारुढ नेपाल कम्युनिष्ट पार्टी (नेकपा) की सांसद रामकुमारी झाँक्री र प्रमुख प्रतिपक्ष दल नेपाली कांग्रेसका सांसद दिलेन्द्रप्रसाद बडूले सबै तहका कर्मचारीहरुलाई कार्य सम्पादन सम्झौता अनिवार्य गर्नुपर्ने कानुनी व्यवस्था तत्काल गर्न सरकारसँग माग गरेका हुन् । 
मंगलबार संघीय संसदको राज्य व्यवस्था तथा सुशासन समितिको बैठकमा ‘संघीय निजामति सेवाको गठन, सञ्चालन र सेवाको शर्त सम्बन्धमा व्यवस्था गर्न बनेको विधेयक’ माथिको दफावार  छलफलमा भाग लिँदै सत्तारुढ दल नेकपाकी सांसद झाँक्रीले तल्लो तहका कर्मचारीलाई कार्य सम्पादन सम्झौता नगर्ने विधेयकको प्रावधानप्रति आपत्ति जनाइन् । 
उनले तल्लो तहमा कार्यरत मन्त्रालयकै कर्मचारीहरु आफ्नो कामप्रति जवाफदेही नभएको उल्लेख गर्दै उनीहरुलाई पनि कार्य सम्पादन सम्झौता गर्ने कानुनी व्यवस्था तत्काल गर्न सरकारसँग माग गरिन् ।
समितिका अर्का सदस्य कांग्रेसका सांसद बडूले सबै तहका कर्मचारीलाई आफ्नो कामप्रति जवाफदेही बनाउन पनि कार्य सम्पादन सम्झौता गर्ने कानुनी व्यवस्था अनिवार्य गर्नुपर्ने तर्क गरे । उनले सबै तहका कर्मचारीहरुको आ–आफ्नै जिम्मेवारी हुने भएकाले उनीहरुको कार्य सम्पादन सम्झौतालाई अनिवार्य बनाउने काममा सरकारले ढिलाई गर्न नहुने प्रष्ट्याए ।
जवाफमा संघीय मामिला तथा सामान्य प्रशासनमन्त्री लालबाबु पण्डितले भने बोझिलो हुने भएकाले तल्लो तहका कर्मचारीलाई कार्य सम्पादन सम्झौता गर्ने कानुनी व्यवस्था नगर्ने गरी विधेयक ल्याइएको बताए । उनले तल्लो तहका कर्मचारीले कार्य सम्पादन गरे–नगरेको माथिल्लो तहबाट निगरानी हुने भएकाले त्यसका लागि छुट्टै कानुनी व्यवस्था आवश्यक नहुने मन्त्रालयको निष्कर्ष रहेको पनि बताए ।
मन्त्री पण्डितले माथिल्लो तहका कर्मचारीहरुले विशेष जिम्मेवारी पनि पाउने भएकाले उनीहरुको हकमा भने अनिवार्य कार्य सम्पादन सम्झौता गर्ने कानुनी व्यवस्था विधेयकमा पनि प्रस्ताव गरिएको स्मरण गराए । 

NIBLNIBL
प्रकाशित मिति: मंगलबार, वैशाख ३१, २०७६  १३:०५
Sipradi LandingSipradi Landing
worldlinkworldlink
प्रतिक्रिया दिनुहोस्
Ncell Side Bar LatestNcell Side Bar Latest
Bhatbhateni IslandBhatbhateni Island
cg detailcg detail
Kumari BankKumari Bank
Shivam Cement DetailShivam Cement Detail
Maruti cementMaruti cement
सम्पादकीय
नबिर्सौँ भूकम्पले सिकाएको पाठ !
नबिर्सौँ भूकम्पले सिकाएको पाठ !
ICACICAC