site stats
बाह्रखरी :: Baahrakhari
देश
Nabil BankNabil Bank
बौद्ध-जोरपाटी सडकमा सहमति भयो, पिच भएन– सरकारले झुक्यायो: स्थानीय 
Sarbottam CementSarbottam Cement

काठमाडौं । ०७२ सालमा एकवर्षमै सम्पन्न गर्ने सहमतिसाथ विस्तारको काम सुरु भएको चावहिल–साँखु १३ किमि सडक ४ वर्ष बितिसक्दा पनि सम्पन्न भएको छैन । काठमाडौं उपत्यकाका ३ जिल्लाका विभिन्न १० सडक विस्तारका लागि सडक विभागको काठमाडौं उपत्यका सडक विस्तार आयोजना कार्यालयले विभिन्न ५ खण्डमा गरेर चावहिल–साँखु सडक खण्डको ठेक्का लगाएको हो ।

उक्त सडकखण्ड समयमै विस्तार र कालोपत्रे नहुँदा स्थानीयबासी, बौद्ध चैत्यको भ्रमण र अवलोकन गर्न आउने स्वदेशी तथा विदेशी पर्यटकसमेतले हैरानी बेहोर्दै आएका छन् । बिहीबार सोही सडकको बौद्धदेखि जोरपाटीसम्मको करिब २ किमि सडकमा स्थानीय व्यवसायीले विरोध प्रदर्शन गरे ।
महानगरीय प्रहरी वृत्त बौद्धको टोलीले आक्रोसित स्थानीयमाथि अश्रुग्याससहित बल प्रयोग गरेर भीडलाई नियन्त्रणमा लिएको थियो । 

सडक चाँडै कालोपत्रे हुनुपर्ने स्थानीयको मागसहित दिनभरको विरोध प्रदर्शनपछि उक्त सडकखण्डको ठेक्का लिएको युनाइटेड बिल्डर्सका प्रमुख शकुन्तलालाल हिराचन, कामनपा ७ नम्बर वडाध्यक्ष दीपेन्द्र लामा, बौद्ध व्यापार संघका अध्यक्ष दीपकप्रसाद चौलागाईं र टुसाल युवा क्लबका प्रतिनिधिबीच आइतबारबाट सडक पिच गर्न सबबेस, बेस निर्माणको काम गर्ने सहमति भएको  िथयो ।

Prabhu Bank
Agni Group
NIC Asia

ठेकेदार कम्पनीले स्थानीय व्यवसायीसँग सडक तत्काल पिच गर्ने सहमति गरे पनि ठेक्का लगाउने प्रमुख सरकारी निकाय काठमाडौं उपत्यका सडक विस्तार आयोजना कार्यालयले सहमतिबारे केही बोलेको छैन ।

“धुलो कम गर्नका लागि सडकमा पानीले भिजाउने भन्ने सहमति भएको थियो तर यहाँ त्यस्तो भएको छैन । न पिच गर्न सुरु गरियो न धुलो कम गर्ने काम भयो हाम्रो समस्या उस्तै छ,” जोरपाटी चोकका व्यवसायी दीपक पाण्डेले बाह्रखरीसँग भने, “ठेकेदारले सहमतिअनुसार काम गरेको छैन । सरकारले यहाँका स्थानीयको मर्का बुझेन । सरकारले सडक पिचको सहमति ठेकेदारलाई गर्न लगाएर विरोध प्रदर्शन गर्ने स्थानीयको आँखामा छारो हाल्ने काम गरेको छ ।”

Global Ime bank

०७५ साल असारमा सर्वोच्च अदालतले सडक विस्तार गर्दा पीडितलाई क्षतिपूर्तिसहित मुआब्जा पनि दिन आदेश गरेको तर मुआब्जा दिने बजेट नभएकाले सडक विस्तार समयमै सम्पन्न हुन नसकेको कार्यालयका प्रवक्ता, इन्जिनियर विश्वविजयलाल श्रेष्ठले बताए ।

सडक विस्तारको ठेक्का ४ वर्ष भए पनि त्यहाँका स्थानीय जीर्ण सडकबाट त्यसअघि बाटै पीडित बन्दै आएका हुन् । सडक निर्माण र मर्मत सम्भारको जिम्मा लिएको सडक विभागले त्यस सडकको छेउमा नाली नबनाउँदा र जीर्ण भएको स्थानका नाली मर्मत नगर्दा वर्षाको सबै पानी सडकमै बग्दै आएको छ । 

वर्षातको पानी र भल सबै सडकबाटै बगेपछि घाम लागेपछि त्यही हिलो धुलो भएर उड्ने गरेको थियो ।  यसमाथि निर्माण कम्पनीले सडक विस्तारका लागि सडक र छेउका संरचनामाथि डोजर लगाएर भत्काएपछि सडकको अवस्था झन् नाजुक अवस्थामा पुगेको हो । नेपाल टेलिकम, विद्युत प्राधिकरण र इन्टरनेट सेवा प्रदायक विभिन्न कम्पनीले आफ्ना केबुल तारहरु जथाभावी पोलमा टाँग्दा र पुराना तार नउठाउँदा त्यसको असरसमेत त्यहाँका स्थानीय र सडक प्रयोगकर्ताले बेहोर्दै आउनु परेको छ । 

बिहीबारको विरोध प्रद्धर्शनमा स्थानीयले सडक छेउ लडेका बिजुलीको पोलमा रहेको केबुल र तारहरु बालेका थिए ।

त्यस क्षेत्रको सडक पिच गर्न स्थानीयसँग भएको सहमतिअनुसार किन काम भएन भन्ने बुझ्न युनाइटेड बिल्डर्सका प्रमुख शकुन्तालालाल हिराचनसँग बाह्रखरीले बारम्बार सम्पर्कको प्रयास गर्दा हिराचनले आफू अत्यन्तै व्यस्त भएकाले बोल्न नमिल्ने प्रतिक्रिया दिने गरेका छन् । 
 

NIBLNIBL
प्रकाशित मिति: मंगलबार, वैशाख ३१, २०७६  ०९:२७
Sipradi LandingSipradi Landing
worldlinkworldlink
प्रतिक्रिया दिनुहोस्
Ncell Side Bar LatestNcell Side Bar Latest
Bhatbhateni IslandBhatbhateni Island
cg detailcg detail
Kumari BankKumari Bank
Shivam Cement DetailShivam Cement Detail
Maruti cementMaruti cement
सम्पादकीय
नबिर्सौँ भूकम्पले सिकाएको पाठ !
नबिर्सौँ भूकम्पले सिकाएको पाठ !
ICACICAC