site stats
बाह्रखरी :: Baahrakhari
विदेश
Nabil BankNabil Bank
Sarbottam CementSarbottam Cement
श्रीलंकामा मुश्लिम समुदायमाथि हिंसा फैलिएपछि रातभर कर्फ्यू
Ghorahi CementGhorahi Cement

कोलम्बो । श्रीलंकामा मुश्लिम समुदायविरुद्धमा हिंसा बढेका कारण रातिको समयमा देशैभरी कर्फ्यू लगाइएको छ । मश्जिद र मुश्लिम समुदायको व्यापरिक प्रतिष्ठानमा निशाना बनाउने काम केही समयदेखि भइरहेको छ ।  यो हिंसामा कसैको हताहतीको खबर भने आइनसकेकोल बीबीसीले जनाएको छ ।

कतिपय स्थानमा दंगामा सामेल भीडलाई तितरबितर पार्न प्रहरीले हावामा गोली चलाउनुपर्ने अवस्था समेत उत्पन्न भएको छ । प्रहरीले अश्रुग्याँसको समेत प्रयोग गरेको छ ।  अघिल्लो महिना इस्टरको समयमा कट्टरपन्थी समूहले श्रीलंकाका विभिन्न भागमा आत्मघाती विस्फोट गराउँदा २५३ जनाको मृत्यु भएको थियो । यो हमलादेखि नै श्रीलंकामा अझै तनावको माहौल रहँदै आएको छ ।

Agni Group

अहिलेसम्मको जाँचका क्रममा सबै आक्रमणकारी मुश्लिम भएको बताइएको छ । प्रधानमन्त्री रणिल बिक्रमासिंघलेले सर्वसाधारणलाई शान्त हुन आग्रह गर्दै पछिल्ला हिंसाका घटनाले गर्दा पहिलाको बम विस्फोटको घटनाको अनुसन्धानलाई प्रभावित गरिरहेको जनाएका छन् । अवस्था तनावपूर्ण भएपछि सरकारले राति कर्फ्यू लगाएको हो ।

उत्तर पश्चिम शहर किनियामा एक मश्जिदमा आक्रमण भएको छ । यस्तै मुश्लिमको पवित्र धर्मग्रन्थ कुरानलाई पनि फालिदिएको बीबीसीले जनाएको छ । श्रीलंकामा गएको महिना भएको विस्फोटका कारण पर्यटन क्षेत्रलाई मार परेको छ । 

Global Ime bank

समाचार एजेन्सी रोयटर्सका अनुसार सैनिक बलले थुप्रै स्थानमा हतियार खोज्नका लागि खानतलासी गर्ने काम अघि बढाइरहेको छ । प्रदर्शनकारीहरुले मश्जिदमा पनि खानतलासी लिन आग्रह गर्दै आएका छन् । मश्जिदमा नमाज पढ्न आएका मानिसका सवारी साधन पनि जलाइदिने काम भइरहेको बताइएको छ । प्रहरीका अनुसार क्याथोलिक बहुल एउटा क्षेत्रमा मुसलमान समुदायको पसललाई समेत निशाना बनाइएको छ । त्यहाँ फेसबुकको एउटा सामग्रीलाई लिएर विवाद भएको थियो । 

फेसबुकमा विवादास्पद सामग्री लेख्ने एक ३८ वर्षीय मुश्लिम कारोबारीलाई सुरक्षाकर्मीले हिरासतमा राखेको छ । हिंसा रोक्नको लागि सरकारले फेसबुक, ह्वाट्सएप समेत कैयौं सोसल मिडिया साइट तथा च्याट एप्समा रोक लगाइदिएको छ । ट्विटरमा भने यो रोक लगाइएको छैन । प्रधानमन्त्री विक्रमासिंघेले एक ट्विटमा भनेका छन्,“म नागरिकहरुलाई शान्ति बनाइ राख्न र गलत जानकारीमा नफस्न अपील गर्दछु । सुरक्षाबल आतंकवादीलाई पक्रन तथा देशको सुरक्षा सुनिश्चित गर्न सक्दो प्रयास गरिरहेको छ ।”

रिपोर्टका अनुसार हेत्तीपोला सहरमा पनि हिंसा फैलिएको छ । सो स्थानमा कम्तिमा तीन पसललाई निशाना बनाइएको छ । श्रीलंकामा जम्मा २ करोड २० लाख मानिस बस्ने गरेका छन् । मुसलमानको संख्या करिब १० प्रतिशत रहेको छ । श्रीलंकामा सबैभन्दा बढी सिंहाली समुदायका मानिस रहेका छन् । जो बौद्ध धर्म मान्ने गर्दछन् ।इस्टरको आइतबारको दिन भएको आक्रमणलाई लिएर प्रहरीले मुश्लिम समूहलाई आरोप लगाएको छ । 

इश्लामिक स्टेट समूहले सो हमलामा सामेल भएको कुरा स्वीकार गरिसकेको छ । यद्यपि उसले त्यसबारेमा विस्तृत जानकारी भने दिएको छैन । यो आक्रमणपछि सरकारले देशमा संकटकाल लगाएको थियो ।  (बीबीसीबाट)

NIBLNIBL
प्रकाशित मिति: मंगलबार, वैशाख ३१, २०७६  ०६:४५
Sipradi LandingSipradi Landing
worldlinkworldlink
प्रतिक्रिया दिनुहोस्
Ncell Side Bar LatestNcell Side Bar Latest
Bhatbhateni IslandBhatbhateni Island
Kumari BankKumari Bank
Shivam Cement DetailShivam Cement Detail
Maruti cementMaruti cement
सम्पादकीय
ICACICAC