site stats
बाह्रखरी :: Baahrakhari
विदेश
Nabil BankNabil Bank
Sarbottam CementSarbottam Cement
अफगानिस्तानमा चर्चित महिला पत्रकार मिना मंगलको हत्याको चौतर्फी विरोध
Ghorahi CementGhorahi Cement

अफगानिस्तान । अफगानिस्तानका एकजना चर्चित महिला पत्रकार तथा राजनीतिक सल्लाहकार मिना मंगलको हत्या भएको छ । 

उनलाई गोली हानी हत्या गरिएको समाचारमा जनाइएको छ । अफगानिस्तानका राजनीतिज्ञ तथा महिला अधिकारवादीहरूले यस हत्याको कडा शब्दमा निन्दा गरेका छन् । उनीहरले ती महिलाका हत्यारालाई कारबाही माग गरेका छन् । साथै यस्ता हत्याका घटनामा संलग्नहरलाई कानून बमोजिम कारबाहीका लागि पनि माग गरेका छन् ।

Agni Group

उनी विगतमा टेलिभिजनमा कार्यरत थिइन् । पत्रकार मिना मंगललाई राजधानी काबुलमा शनिबार दिउँसो गोली हानी हत्या गरिएको थियो । मंगल राजनीतिक सल्लाहकारको रुपमा कार्यरत थिइन् । अफगानिस्तानका प्रमुख कार्यकारी अब्दुल्लाह अब्दुल्लाहले उनका हत्यारालाई पक्राउ गरी कानूनी कारबाही गरिने प्रतिबद्धता व्यक्त गरेका छन् । 

अफगान प्रहरीले अनसन्धान थालेको बताएको छ । तर उनको हत्यामा संलग्न को हन् भन्ने बारेमा भने अझै प्रस्ट भइसकेको छैन ।

Global Ime bank

त्यहाँबाट प्राप्त एक समाचारमा आन्तरिक मामिला मन्त्रालयले अफगान संसद्को सांस्कृतिक मामिला आयोगको सल्लाहकारका रूपमा कार्यरत रहेकै बेलामा मङ्गललाई शनिबार गोली हानिएको थियो । 

अफगानिस्तानमा महिला अधिकारका क्षेत्रमा कार्यरत संघसंस्था, सर्वोच्च अदालत, महिलाविरद्धका हिंसासम्बन्धी आयोग र नागरिक समाजका प्रतिनिधिहरले यस हत्याबारे गम्भीर रुपमा अनसन्धान गर्न माग गरेका छन् । -एजेन्‍सी

NIBLNIBL
प्रकाशित मिति: मंगलबार, वैशाख ३१, २०७६  ०२:०४
Sipradi LandingSipradi Landing
worldlinkworldlink
प्रतिक्रिया दिनुहोस्
Ncell Side Bar LatestNcell Side Bar Latest
Bhatbhateni IslandBhatbhateni Island
Kumari BankKumari Bank
Shivam Cement DetailShivam Cement Detail
Maruti cementMaruti cement
सम्पादकीय
ICACICAC