site stats
बाह्रखरी :: Baahrakhari
देश
Nabil BankNabil Bank
Sarbottam CementSarbottam Cement
सिनामंगलमा बालिका बलात्कारपछि फरार खरेल कञ्चनपुरबाट पक्राउ
Ghorahi CementGhorahi Cement
Agni Group
Global Ime bank

काठमाडौं । काठमाडौंको सिनामंगलमा सात वर्षिया बालिकाको बलात्कारको आरोपमा फरार रहेका भुवन भन्ने राजु खरेल कञ्चनपुरमा पक्राउ परेका छन् । खरेललाई नेपाल–भारत सीमा नाका बेलौरीबाट महानगरीय अपराध महाशाखा र प्रहरी वृत्त नयाँ बानेश्वरको समन्वयमा कञ्चनपुर प्रहरीले पक्राउ गरेको हो ।

खरेलले गत चैत २१ गते आफ्नो घरमा सुत्केरी स्याहार्न काममा राखेकी एक महिलाकी ७ वर्षीया छोरीलाई बलात्कार गरेको प्रहरीको भनाइ छ । महानगरीय प्रहरी वृत्त नयाँ बानेश्वरका प्रहरी नायब उपरीक्षक (डिएसपी) गोविन्द काफ्लेले वैशाख १८ गते प्रहरीमा उजुरी आएको बताए । अदालतमा मुद्दा दर्ता गरेको उनले जानकारी दिए । 

बलात्कारपछि कुरा बाहिर नल्याउन भन्दै खरेलले पीडित बालिकाकी आमालाई आर्थिक प्रलोभनसँगै घटना बाहिर ल्याए ज्यान मार्नेसम्म धम्की दिएको बताइएको छ । पीडित बालिकाका बाबु वैदेशिक रोजगारीको लागि विदेशमा थिए । बाबु विदेशबाट आएपछि घटना बाहिरिएको हो । पक्राउ परेका खरेललाई मंगलबार काठमाडौं ल्याउने तयारी छ ।

NIBLNIBL
प्रकाशित मिति: सोमबार, वैशाख ३०, २०७६  १६:०५
Sipradi LandingSipradi Landing
worldlinkworldlink
प्रतिक्रिया दिनुहोस्
Ncell Side Bar LatestNcell Side Bar Latest
Bhatbhateni IslandBhatbhateni Island
Kumari BankKumari Bank
Shivam Cement DetailShivam Cement Detail
Maruti cementMaruti cement
सम्पादकीय
ICACICAC