काठमाडौं । सामसुङले ग्यालेक्सी ए अन्तर्गत नेपाली बजारमा ग्यालेक्सि ए टु कोर नेपाली बजारमा आएको छ । इन्ट्री लेभलका ग्राहकलाई लक्षित गरी सामसुङले सुलभ दरमा ग्यालेक्सी ए टु कोर प्रस्तुत गरेको बताएको छ ।
सामसङ इलेक्ट्रोनिक्स नेपालका मोबाइल डिभिजन प्रमुख प्रणय रत्न स्थापितले सामसुङ्का सबै डिभाइसले नवीनतम र उत्कृष्ट प्रविधि ग्यारेन्टी गर्न प्रतिबद्ध भएको बताउँदै , ग्यालेक्सी ए टु कोरमा परिष्कृत ब्याट्री, भण्डारण क्षमता, राम्रो कार्य सम्पादन गर्ने भएकाले पूर्ण मात्रामा स्मार्ट फोनको अनुभव दिलाउने बताए ।
फोनमा १६ जिबीको स्टोरेज रहेको छ भने कार्डको सहयोगबाट क्षमता बृद्धिगरी शेयर स्ट्रीम तथा गेम खेल्न सकिने छ । जहाँ ५ सय ४० एक्स ९ सय ६० पिक्सल तथा १६:९ को रेसियोका साथै ५ इन्चको टचस्क्रिन डिस्प्ले रहेको छ ।
नेपाली बजारमा ग्यालेक्सी ए टु को मूल्य ९ हजार ३ सय ९० रुपैयाँ रहेको छ ।