site stats
बाह्रखरी :: Baahrakhari
विदेश
Nabil BankNabil Bank
Sarbottam CementSarbottam Cement
असान्जमाथिको बलात्कार आरोपबारे आज स्वीडेनले निर्णय गर्दै
Ghorahi CementGhorahi Cement

बीबीसी । विकिलिक्सका सहसंस्थापक जुलियन असान्जविरुद्धको बलात्कारको आरोप सम्बन्धी अनुसन्धान फाइल खोल्ने कि नखोल्ने भन्ने बारेमा स्वीडिस अभियोजकहरुले चाँडै घोषणा गर्ने तयारी गरेका छन् । प्राप्त जानकारीअनुसार सो प्रकरण पीडितका वकिलको अनुरोधमा पुनः ब्युताउन सकिने जनाइएको बीबीसीले जनाएको छ ।

असान्जले भने सो अभियोग अस्वीकार गर्दै आएका छन् । उनलाई सन् २०१२ मा लण्डनको इक्वेडोरको दूतावासमा शरण दिइएको थियो र त्यतिबेला स्वीडेनलाई सुपुर्दगी गरिएको थिएन ।

Agni Group

४७ वर्षीय असान्जलाई धरौटीको विषयलाई लिएर अहिले ५० हप्ताका लागि बेलायतको जेलमा राखिएको छ । अमेरिकाले असान्जको सुपुर्दगी चाहेको छ । उनले सन् २०१० मा अमेरिकाका कुटनीतिक र सैनिक सूचना सार्वजनिक गरेका थिए ।  आज सोमबार स्वीडेनका उपअभियोजक इभा मारीले असान्जलाई पुनः सो विषयमा अनुसन्धान गर्ने कि नगर्ने भन्ने बारेमा निर्णय सुनाउने जनाइएको छ ।

स्वीडेनले सो मुद्दा ब्युँताएमा अमेरिकाले मागेअनुसार सुपुर्दगी गर्ने वा स्वीडेनले भनेअनुसार गर्ने भनेर बेलायतलाई अप्ठेरो पर्न सक्नेछ ।
 

Global Ime bank

NIBLNIBL
प्रकाशित मिति: सोमबार, वैशाख ३०, २०७६  ०८:१२
Sipradi LandingSipradi Landing
worldlinkworldlink
प्रतिक्रिया दिनुहोस्
Ncell Side Bar LatestNcell Side Bar Latest
Bhatbhateni IslandBhatbhateni Island
Kumari BankKumari Bank
Shivam Cement DetailShivam Cement Detail
Maruti cementMaruti cement
सम्पादकीय
ICACICAC