site stats
बाह्रखरी :: Baahrakhari
खेल
Nabil BankNabil Bank
आईपीएल २०१९ को उपाधि मुम्बईलाई
Sarbottam CementSarbottam Cement

एजेन्सी । १२ औँ संस्करणको इन्डिन प्रिमियर लिग (आईपीएल) को उपाधि मुम्बई इन्डियन्सले उचालेको छ । आइतबार भएको फाइनल खेलमा चेन्नई सुपर किङसलाई १ रनले हराउँदै मुम्बईले उपाधि उचालेको हो । 

रजस्थानको राजिब गान्धी क्रिकेट स्टेडियममा भएको खेलमा टस जितेर पहिले ब्यटिङ गरेको मुम्बईले निर्धारित २० ओभरमा ८ विकेट गुमाउँदै १ सय ४९ रन पुरा गर्‍यो । 

Prabhu Bank
Agni Group
NIC Asia

मुम्बईले दिएको १ सय ५० रनको लक्ष्य पछउने क्रममा चेन्नईले निर्धारित २० ओभरमा ७ विकेट गुमाउदै १ सय ४८ रन पुरा गर्‍यो । चेन्नईका लागि सेन वाट्सनले अर्धशतकीय पारी खेले । ५९ बल खेलेका उनले ८ चौका र ४ छक्काको सहयोगमा ८० रन बनाउन सफल भएका हुन् । 

त्यस्तै उनिसँगै ओपनरमा आएका फाफ डु पेल्सीसले २६ रन जोड्न सफल भए । चेन्नईका लागि ब्राभोले १५ रन जोडे । बलिङतर्फ मुम्बईका लागि जसप्रित बुम्राले 
दुई विकेट लिए । त्यस्तै कुनाल पाण्ड, लासित मालिङ्गा र राहुल चहरले समान एक एक विकेट लिए । 

Global Ime bank

यसअघि मुम्बईलाई उपाधि दिलाउनका लागि पोलार्डले सर्वाधिक ४१ रनको योगदान गरे । कुइटोन डी कोस्टले २८ रन जोड्दा इसन किशनले २३ तथा कप्तान रोहित शर्मा र सुर्य कुमार यादवले समान १५–१५ रन जोड्न सफल भए ।

बलिङतर्फ चेन्नईका लागि दीपक चहारले तीन विकेट लिए । त्यस्तै शर्दुल ठाकुर र इमरान थहिरले समान दुई-दुई विकेट लिए ।

NIBLNIBL
प्रकाशित मिति: आइतबार, वैशाख २९, २०७६  २३:५५
Sipradi LandingSipradi Landing
worldlinkworldlink
प्रतिक्रिया दिनुहोस्
Ncell Side Bar LatestNcell Side Bar Latest
Bhatbhateni IslandBhatbhateni Island
cg detailcg detail
Kumari BankKumari Bank
Shivam Cement DetailShivam Cement Detail
Maruti cementMaruti cement
सम्पादकीय
नबिर्सौँ भूकम्पले सिकाएको पाठ !
नबिर्सौँ भूकम्पले सिकाएको पाठ !
ICACICAC