साहित्य
काठमाडौं । “भक्तराज आचार्य राष्ट्रिय संगीत सम्मान २०७५” बाट गायक प्रेमध्वज प्रधान र संगीतकार सम्भुजीत बास्कोटा पुरस्कृत भएका छन् । सम्मानको २०७५ सालको गायनतर्फ वरिष्ट गायक प्रधान र संगीततर्फ वरिष्ठ संगीतकार बास्कोटालाई जनही पुरस्कार ५०,००१ रुपैयाँ प्रदान गरिएको हो ।
सिटी एक्सप्रेस मनि ट्रान्सफर र भक्तराज आचार्य संगीत प्रतिष्ठानको संयुक्त सहकार्यमा पुरस्कार प्रदाम नगरिएको हो ।
भक्तराज आचार्य संगीत प्रतिष्ठानका संरक्षक गायक तथा भजन शिरोमणि भक्तराज आचार्य, प्रतिष्ठानकी अध्यक्ष सुशिला आचार्य र सिटी एक्सप्रेस मनी ट्रान्सफरका प्रबन्ध निर्देशक चन्द्र टण्डनले संयुक्त रुपमा यो सम्मान प्रदान गरे ।
प्रकाशित मिति: आइतबार, वैशाख २९, २०७६ १८:३२
प्रतिक्रिया दिनुहोस्