site stats
बाह्रखरी :: Baahrakhari
खेल
Nabil BankNabil Bank
आईपीएलमा गत सिजनभन्दा राम्रो भयो : सन्दीप लामिछाने 
Sarbottam CementSarbottam Cement

काठमाडौं । इन्डियन प्रिमिएर लिग (आईपीएल) क्रिकेटमा सहभागिता जनाएर नेपाली युवा लेगस्पिनर सन्दीप लामिछाने आइतबार स्वेदश फर्किएका छन् । 

दिल्ली क्यापिल्टसमा आबद्ध सन्दीपको टोलीको यात्रा तेस्रो हुँदै सकिएपछि आइतबार स्वदेश फर्किएका हुन् । ६ खेल खेल्ने अवसर पाएका लामिछानेले ८ विकेट लिएका थिए । 

Prabhu Bank
Agni Group
NIC Asia

विमानस्थलमा पत्रकारसँग कुरा गर्दै लामिछानेले गत सिजनभन्दा यो सिजन आईपीएलमा राम्रो प्रदर्शन गरेको बताए । टिमको प्रदर्शन र आफनो प्रदर्शनमा सन्तुष्ट रहेको बताएका लामिछानेले पाएको मौका सदुपयोग गर्न सफल भएको बताए । 

उनले भने, "गत सिजन टोली आउट भइसकेपछि खेल्न पाएको थियो । तर यस सिजन ६ खेल खेल्न पाए । खुसी लाग्यो । त्यहाँका स्थानीय खेलाडीलाई उछिन्दै खेल्न पाए । तर कतिपय अवस्थामा टोलीको निर्णय हुन्छ । कहिले खेल्न पाए । कहिले पाइन् । मभन्दा राम्रो खेलाडीले मभन्दा पनि राम्रो खेल खेले । तर आईपीएलको यो सिजन राम्रै भयो ।"

Global Ime bank

समग्रमा आईपीएलको प्रदर्शनमा सन्तुष्ट रहेका लामिछानेले दिल्लीले १६ खेल खेल्दा ६ खेलमा प्लेइङ-११ मा समावेश गरिएका थिए । सन्दीपले भने,‘सिक्ने क्रम कहिले सकिँदैन् । कहिले धेरै रन खाइन्छ । कहिले राम्रो गरिन्छ । तर आफूलाई प्रमाणित गरीरहेको छु ।"

विश्वका विभिन्न लिगमा आबद्ध भइसकेका सन्दीपले एकपछि अर्को खेलले खेलमा सुधार गरिरहेको बताए । 
 

NIBLNIBL
प्रकाशित मिति: आइतबार, वैशाख २९, २०७६  १७:४८
Sipradi LandingSipradi Landing
worldlinkworldlink
प्रतिक्रिया दिनुहोस्
Ncell Side Bar LatestNcell Side Bar Latest
Bhatbhateni IslandBhatbhateni Island
cg detailcg detail
Kumari BankKumari Bank
Shivam Cement DetailShivam Cement Detail
Maruti cementMaruti cement
सम्पादकीय
ICACICAC