खेल
काठमाडौं । छैठौं महिला तथा सातौं पुरुष राष्ट्रिय बिच भलिबल जेठ अन्तिम साताबाट पोखरामा सुरू हुने भएको छ । नेपाल भलिबल संघको आयोजना र कास्की भलिबल संघको समन्वयमा जेठ २३ गतेबाट २५ गतेसम्म बिच भलिबल आयोजना हुन लागेको हो ।
१३ औं दक्षिण एसियाली खेलकुदका लागि खेलाडी छनोट गर्ने लक्ष्यसहित सञ्चालन गर्न लागिएको प्रतियोगितामा ७ प्रदेशका २-२ टोली र विभागीय टिमबाट पनि समान २-२ टोली गरी ४० टोलीबीच प्रतिस्पर्धा हुने भएको हो ।
प्रतियोगिताको विजेता हुने महिला पुरुष दुबैतर्फको विजेताले ३० हजार, उपविजेताले २० हजार र तेस्रो हुने टोलीले १० हजार रुपैयाँ पुरस्कार पाउनेछन् ।
प्रकाशित मिति: आइतबार, वैशाख २९, २०७६ १५:१९
प्रतिक्रिया दिनुहोस्