site stats
बाह्रखरी :: Baahrakhari
अर्थ व्यवसाय
Nabil BankNabil Bank
कतार च्यारिटी र कतार एयरवेजको सहकार्यमा खाद्यान्‍न सामग्री वितरण
Sarbottam CementSarbottam Cement

काठमाडौं । कतार च्यारिटी र कतार एयरवेजको सहकार्यमा काठमाडौंका दुई सय विपन्न परिवारलाई खाद्यान्न सामग्री वितरण गरिएको छ । 

‘रमजान फुड प्याकेट डिस्ट्रिब्युसन’ कार्यक्रम अन्तर्गत गरीब, विधुवा, अनाथ, असहाय पीडित परिवारलाई प्रतिपरिवार २५ केजी चामल, ५ केजी पिठो, ३ केजी चना, ३ केजी चिनी ,५ लिटर तेल र १ केजी नुन सहितको खाद्यान्न सामग्री वितरण गरिएको हो ।

Prabhu Bank
Agni Group
NIC Asia

अरेबिक क्यालेन्डरको रमजान महिना पुण्य कमाउने अवसर हो । यस महिनामा विशेषगरि मुस्लिम समुदायका संघ संस्था तथा व्यक्तिहरुले सकेसम्म धेरै सामाजिक कार्य गर्ने गर्दछन् ।

कतार च्यारिटी नेपालका परियोजना प्रबन्धक इर्शाद अलि शेखले खाद्यान्न सामग्रीले विपन्न परिवारका केहि आवश्यकता भए पनि पुरा हुने बताए । कार्यक्रममा कतार एयरवेजका ‘कन्ट्रि म्यानेजर’ मोहम्मद अल इमामका साथै कतार च्यारिटीका अब्दुल अजीज अलथानीको उपस्थिति रहेको थियो ।

Global Ime bank

कतार च्यारिटीले विगत दुई वर्षदेखि नेपालको शिक्षा, स्वास्थ्य, खानेपानी र सरसफाईको क्षेत्रमा काम गर्दै आएको छ । च्यारिटीले शिक्षा क्षेत्रमा अनाथ तथा कमजोर आर्थिक अवस्था भएकालाई छात्रवृत्ति, अस्पताललाई उपकरण सहयोग, विद्यालयहरुमा चर्पीलगायतका आवश्यक पूर्वधार निर्माण, कमजोर आर्थिक अवस्था भएकालाई विभिन्न प्रकारका आर्थिक सहयोग गर्दै आएको छ ।
 

NIBLNIBL
प्रकाशित मिति: आइतबार, वैशाख २९, २०७६  १५:११
Sipradi LandingSipradi Landing
worldlinkworldlink
प्रतिक्रिया दिनुहोस्
Ncell Side Bar LatestNcell Side Bar Latest
Bhatbhateni IslandBhatbhateni Island
cg detailcg detail
Kumari BankKumari Bank
Shivam Cement DetailShivam Cement Detail
Maruti cementMaruti cement
सम्पादकीय
नबिर्सौँ भूकम्पले सिकाएको पाठ !
नबिर्सौँ भूकम्पले सिकाएको पाठ !
ICACICAC