site stats
बाह्रखरी :: Baahrakhari
विदेश
Nabil BankNabil Bank
Sarbottam CementSarbottam Cement
हामीले सोचेभन्दा धेरै बुद्धिमानी हुन्छ बारुलो !
Ghorahi CementGhorahi Cement

एजेन्सी । युनिभर्सिटी अफ मिचिगेनले केही समय अगाडि गरेको एउटा नयाँ अनुसन्धानमा पहिलोपटक बारुलाहरु कष्टप्रद जीव मात्र नभएर अत्यन्तै बाठो पनि हुने गरेको पत्ता लागेको हो । 

अध्ययनकर्ताहरुका अनुसार बारुलाहरुले परिचित र अपरिचित सम्बन्ध छुट्याउन तर्कपूर्ण रुपमा विचार गर्ने गर्दछन् । पत्रकार सम्मेलन गर्दै अध्ययनकर्ताहरुले सो जानकारी दिएका हुन् । यसको अर्थ ‘यदी क भन्दा ख ठूलो छ र ख, ग भन्दा ठूलो हो भने बारुलाले क, ग भन्दा ठूलो छ भनेर थाहा पाउन सक्छन् । यस किसिमको क्षमता हजारौँ वर्षदेखि केबल मानिसको विशेषता रहेको विश्वास गरिँदै आएको थियो । 

यसरी पछिल्ला केही दशकमा वैज्ञानिकहरुले माछा, चरा, बाँदर लगायतका जनावरमा यस किसिमको क्षमता हुने गरेको देखाउने प्यास गरिरहेका छन् जसलाई ‘ट्रान्जिटिभ इन्फ्यरेन्स’, टीआइ भनिन्छ । 

Agni Group

यसरी युनिभर्सिटी अफ मिचिगेनकी जैविकविद् एलिजाबेद टिबेट्सले पहिलोपटक रिढ नभएको जीव, बारुलाको प्रजाति, ‘पेपर वास्प’ मा पनि टीआइ क्षमता भएको प्रमाण फेला पारेकी हुन् । विश्वभर पाइने यो प्रजाति काठ चबाएर त्यसलाई आफ्नो र्यालसँग मिसाइ कागज जस्तो मसिनो गुँड बनाउनका लागि चिनिन्छ । यसको टोकाइ मानिसका लागि अत्यन्तै नोक्सानदायक मानिन्छ तरपनि अरु प्रजाति भन्दा ‘पेपर वास्प’ ले टोकेको कम दुख्ने बताइएको छ । 

यसअघिको अध्ययनमा मौरीहरुमा पनि टीआइ छ छैन भनेर यसैगरी परीक्षण गरिएको थियो जसमा मौरी असफल भएको हो । उनीहरुको अत्यन्तै सानो स्नायु प्रणालीका कारण तिनमा टीआइ क्षमता नभएको हुन सक्ने स्पष्टिकरण दिइएको छ । तर पेपर वास्प र मौरी दुवैका स्नायु प्रणालीको आकार समान हुने गरेको बताइन्छ भने दुवै किरामा चामलको दाना जत्रै दिमाग पनि हुने गर्दछ । तर पेपर वास्पले मौरीको भन्दा जटिल सामाजिक व्यवहार देखाउने गरेको बताइएको छ । 

Global Ime bank

यसरी टिबेट्सले पेपर वास्पबारे यस किसिमको तथ्य फेला पार्द अत्यन्तै उत्साहित भएकी हुन् । यसको अनुसन्धानका लागि उनले बारुलाहरुलाई विभिन्न रङ्हरु छुट्याउन ट्रेनिङ दिएकी थिइन् । यसक्रममा बारुलाले अत्यन्तै छोटो समयमा र सही रुपमा विभिन्न रङहरु छुट्याउन सकेको उनी बताउँछिन । यसका साथै प्रशिक्षणबाट सिकेका कुरा नयाँ रङ र आफूसँग परिचत रङहरुलाई व्यवस्थित गर्नमा प्रयोग गर्न समेत तिनीहरु सक्षम रहेको पाइएको हो । यसरी यो अनुसन्धानपछि किराहरुको स्नायु प्रणाली अत्यन्तै सानो भएपनि यसका कारण तिनीहरुको जटिल व्यवहार सीमित नहुने गरेको स्पष्ट भएको हो । 

टिबेट्सले सीएनएनलाई बताएअनुसार अब भने तिनीहरुले सो ज्ञान सामाजिक अन्तरक्रियामा कसरी प्रयोग गर्नेछन् र साथै आफ्ना प्रतिस्पर्धीसँग लडाईँ नगरि कसरी तिनको क्षमता र शक्ति थाहा पाउनेछन् भन्नेबारे अध्ययन गरिनेछ । 

उनले भनिन्, “जस्तै एउटा बारुलाले जेनले लिजालाई लडाईँमा हराएको  देखिसकेको छ भने ऊ लिजालाई सजिलै हराउन सक्नेबारे पहिले नै निश्चित हुनेछ ।”

यसअघि उनैले गरेको अनुसन्धानमा बरुलाहरुले सामाजिक अन्तरक्रियाका लागि धेरै लामो समय अगाडिदेखिका स्मृतिहरु याद राख्ने गरेको पनि पत्ता लगाएकी थिइन् । यस अनुसन्धानका पूरा नतिजाहरु भने जर्नल ‘बायोलोजी लेटर्स’ मा प्रकाशित गरिएको छ । सीएनएनबाट 
 

NIBLNIBL
प्रकाशित मिति: आइतबार, वैशाख २९, २०७६  ०७:०९
Sipradi LandingSipradi Landing
worldlinkworldlink
प्रतिक्रिया दिनुहोस्
Ncell Side Bar LatestNcell Side Bar Latest
Bhatbhateni IslandBhatbhateni Island
Kumari BankKumari Bank
Shivam Cement DetailShivam Cement Detail
Maruti cementMaruti cement
सम्पादकीय
ICACICAC