site stats
बाह्रखरी :: Baahrakhari
देश
Nabil BankNabil Bank
अस्तव्यस्त केन्द्रीय पुस्तकालय
Sarbottam CementSarbottam Cement
Prabhu Bank
Agni Group
NIC Asia
Global Ime bank
काठमाडौं । चार लाखभन्दा बढी पुस्तक, पत्रपत्रिका, जर्नल तथा अन्य सन्दर्भ सामग्री रहेको र सधैं व्यस्त रहने त्रिभुवन विश्वविद्यालयको केन्द्रीय पुस्तकालय अहिले अस्तव्यवस्त बनेको छ । 
गत वर्षको भूकम्पको चपेटामा परेको पुस्तकालयको भवन मर्मत नहुँदा किताव संरक्षण गर्न पनि समस्या भएको पुस्तकालयका कर्मचारीहरू बताउँछन् । भूकम्पले पुस्तकालयको मुख्य भवनमा क्षति पुगेको छ भने ९९ प्रतिशत दराज कामै नलाग्ने गरी भाँच्चिएका छन् । 
पुस्तकालय मर्मतका लागि धेरै पटक पहल गरे पनि कसैले चासो नदेखाएको पुस्तकालयका प्रमख जर्नादन ढुंगानाले बताए । “भवन पूरै चर्किएको छ । वर्षायाममा पानी चुहिएर बस्नै सकिँदैन,” उनले भने । भूकम्पपछि पूर्वराष्ट्रपति डा. रामवरण यादव पुस्तकालय अवलोकनका लागि कीर्तिपुर पुगेका थिए । हालकी राष्ट्रपति विद्यादेवी भण्डारी र प्रधानमन्त्री के पी ओली पनि हालै पुस्तकालय अवलोकन गर्न गएका थिए । पूर्वराष्ट्रपति यादव पुस्तकालयभित्र प्रवेश गर्न डराएर बाहिरबाटै हेरेर निस्किएको तथा राष्ट्रपति भण्डारी र प्रधानमन्त्री ओलीले चाँडो राहत प्रदान गर्ने आश्वासन दिएको कर्मचारीहरू बताउँछन् । तर, अहिलेसम्म पुस्तकालयले सरकारबाट केही सहयोग पाएको छैन ।
 
भूकम्पले पस्तकालयमा रहेका स्टिलका दराज कुच्चिएका छन् भने काठका दराज भाँच्चिएर कामै नलाग्ने भएका छन् । पुस्तकालयका प्रशासकीय प्रमुख पूर्णलाल श्रेष्ठका अनुसार भूकम्पमा हल्लिएर पुस्तकहरू मिसिएकाले मिलाउन समस्या भएको थियो । सेना, स्थानीय र विद्यार्थीको सहयोगमा महिनौं लगाएर किताबहरू मिलाइएको थियो । ‘पिरियोडिकल सेक्सन’ पूरै ध्वस्त भएकाले सो सेक्सनमा रहेका जर्नल तथा पत्रिका व्यवस्थापन गर्न अझै नसकिएको श्रेष्ठले गुनासो गरे । 
भूकम्पले भवन क्षतिग्रस्त भए पनि केही समयमै पुस्तकालय खुला गरिएको थियो । पुस्तकालयमा ४ लाख पुस्तक र १० हजार पत्रपत्रिका तथा जर्नल, ५ हजार दुर्लभ पुस्तक तथा हस्तलिखित ग्रन्थ र करिब २५ लाख अनलाइन सामग्री छन् । १० हजार सदस्य रहेको पुस्तकालयमा दैनिक करिब १२ सय जना अध्ययन गर्नका लागी आउने गरेका छन् । भूकम्पपछि पुस्तकालय आउनेको संख्या केही घटेको छ । 
पुस्तकालयमा अध्ययन गर्न आउनेहरू आफूले खोजेका पुस्तक भेट्टाउन नसकेको गुनासो गर्छन् । पढ्नलाई राम्रो वातावरण भए पनि आवश्यकताअनुसार पुस्तक नपाइने र भएका पुस्तक खोज्न पनि समस्या हुने गोपाल पुरीले बताए । कर्मचारीलाई सोध्दा पनि उनीहरूले बेवास्ता गरेको पुरीको गुनासो छ । 
कीर्तिपुरका शिशिर खनालको गुनासो पनि उस्तै छ । भूकम्पपछि पुस्तकालयको अवस्था बिग्रिएको उनको अनुभव छ । खनाल दैनिक ३ घण्टा पुस्तकालयमा बिताउँछन् ।
 
NIBLNIBL
प्रकाशित मिति: बिहीबार, साउन १३, २०७३  १३:५२
Sipradi LandingSipradi Landing
worldlinkworldlink
प्रतिक्रिया दिनुहोस्
Ncell Side Bar LatestNcell Side Bar Latest
Bhatbhateni IslandBhatbhateni Island
cg detailcg detail
Kumari BankKumari Bank
Shivam Cement DetailShivam Cement Detail
Maruti cementMaruti cement
ICACICAC