राजनीति
काठमाडौं । प्रहरीले नेत्रविक्रम चन्द ‘विप्लव’ नेकपाको विद्यार्थी संगठन अखिल क्रान्तिकारीका केन्द्रीय अध्यक्ष चिरञ्जीवी ढकाललाई अनामनगरबाट पक्राउ गरेको छ । ११ विद्यार्थी संगठनले काठमाडौंको अनामनगरस्थित युनियन हाउसमा पत्रकार सम्मेलन गरिरहेका बेला ढकाललाई पक्राउ गरिएको हो ।
महानगरीय प्रहरी परिसर काठमाडौंका डिएसपी होमीन्द्र बोगटीले पक्राउ परेका ढकालमाथि अनुसन्धान सुरु गरिएको बताए । सरकारले विप्लव समूहमाथि प्रतिबन्ध लगाएपछि प्रहरीले सो समूहविरुद्ध ‘सर्च एण्ड अरेस्ट’ अपरेसन गर्दै आएको छ ।
प्रकाशित मिति: शुक्रबार, वैशाख २७, २०७६ १३:४४
प्रतिक्रिया दिनुहोस्