site stats
बाह्रखरी :: Baahrakhari
राजनीति
Nabil BankNabil Bank
बालुवाटार प्रकरणमा दोषी भए सभापति देउवालाई पनि पार्टीले कारवाही गर्छः पौडेल
Sarbottam CementSarbottam Cement
Prabhu Bank
Agni Group
NIC Asia
Global Ime bank

गाईघाट । प्रमुख प्रतिपक्षी दल नेपाली कांग्रेसका वरिष्ठ नेता रामचन्द्र पौडेलले बालुवाटार जग्गा प्रकरणमा दोषी प्रमाणित भए पार्टीले सभापति शेरबहादुर देउवालाई कारबाही गर्ने बताएका छन् । नेपाल प्रेस यूनियन उदयपुरले शुक्रबार सदरमुकाम गाईघाटमा आयोजना गरेको पत्रकार सम्मेलनमा नेता पौडेलले जग्गा प्रकरणमा देउवा दोषी प्रमाणित भए कारबाही गरिने बताएका हुन् ।  

पार्टीमा आवद्ध जुनसुकै तहका र जो सुकै नेता भए पनि भ्रष्टाचारमा मुछिएको थाहा पाए कडा कारबाही गरिने उनको भनाइ थियो । पार्टीको जागरण अभियान अन्तर्गत उदयपुर पुगेका नेता पौडेलले भने, ‘‘अहिले बालुवाटारको जग्गा काण्ड, एनसेल काण्ड र वाइड वडी काण्डमा विभिन्न पार्टीका नेताहरुको नाम जोडिएको छ । त्यसमा सभापति शेरबहादुरजीको पनि नाम जोडिएको छ । पुष्टि भए पार्टी सभापतिलाई पनि कांग्रेस कारबाही गर्न तयार छ ।’’

उनले कांग्रेस लामो इतिहास बोकेको पार्टी भएका कारण पार्टीभित्रका झिना–मसिना कुराले कुनै असर नपार्ने बताए । उनले सरकारले राम्रो काम गर्ने अवसर पाइरहेको भए पनि नेपाली जनताले सोचे जस्तो काम गर्न नसकेको जिकिर गरे । नेता पौडेलले सत्तापक्ष र विपक्षीबीच जारी वाक युद्धले प्रजातन्त्र र संघीयतालाई बलियो नबनाउने भन्दै दुबै पक्षले बोल्दा संयमित भएर संसदीय मर्यादामा रहेर बोल्न सिक्नुपर्ने सुझाव दिए । 
 

NIBLNIBL
प्रकाशित मिति: शुक्रबार, वैशाख २७, २०७६  १३:३४
Sipradi LandingSipradi Landing
worldlinkworldlink
प्रतिक्रिया दिनुहोस्
Ncell Side Bar LatestNcell Side Bar Latest
Bhatbhateni IslandBhatbhateni Island
cg detailcg detail
Kumari BankKumari Bank
Shivam Cement DetailShivam Cement Detail
Maruti cementMaruti cement
सम्पादकीय
ICACICAC