site stats
बाह्रखरी :: Baahrakhari
अर्थ व्यवसाय
Nabil BankNabil Bank
नबिल नारी उद्यमी सीड क्याम्प हुँदै 
Sarbottam CementSarbottam Cement

काठमाडौं । उद्यमी इनोभेसन र नबिल बैंकको संयुक्त आयोजनामा “नबिल नारी उद्यमी सीड क्याम्प“ हुने भएको छ । पुल्चोकस्थित इनोभेसन हाइभमा आयोजना गरिएको पत्रकार सम्मेलनमा दुबै संस्थाका प्रतिनिधिहरुले “नबिल नारी उद्यमी सीड क्याम्प“ को आवेदन खुला गरिएको जानकारी गराएका हुन् । 

विगत २ वर्ष देखि संचालन गरिंदै आएको उद्यमी सीड क्याम्प  महिला लक्षित संस्करण हो । जहाँ कम्तिमा एक महिला सह–संस्थापक रहेका २ देखि ४ जनाको समूहले आफ्नो नविन सोच सहित आवेदन दिन सक्नेछन ।  आवेदन खुलेको एक महिनासम्म आवेदन दिन सकिने छ । जहाँ स्थापित उद्यमी र दक्ष प्रशिक्षकले एक हप्ता लामो उद्यमशिलता विकास तालिम दिने छन् । तालिम सकिएपछि अर्को एक महिना आफ्नो व्यावसायिक योजनामा काम गर्ने छन् । एक महिनापछिको डेमो डेमा लगानीकर्ताको माझ आफ्नो योजना प्रस्तुत  गरिने छ । 

Prabhu Bank
Agni Group
NIC Asia

यो संस्करणमा २० वटा उत्कृष्ट व्यावसायिक योजनाहरु छनोट भै अर्को चरणमा जाने बताइएको छ । नबिल बैंकका प्रमुख कार्यकारी अध्यक्ष अनिल शाहका अनुसार यो कार्यक्रम यही बसेर केहि गर्छु भन्ने सपना देखि संकल्प गर्ने युवाहरुको लागि आफ्नो व्यावसायिक सपनाको बिउ रोप्ने अवसर हो, जसले विशेषत नेपालका कुना कन्दरामा रहेका व्यावसायिक सोच राखेका महिला दिदिबवहिनीलाइ आफ्नो सोच अगाडी बढाउन सहयोग  गर्ने भएकाले सातै प्रदेशमा यस्ता कार्यक्रम लान इच्छुक रहेको बताए । 

उद्यमी इनोभेसनका शरद केसीले उद्यमी सीड क्याम्प आफ्नो सोचलाई व्यवसायमा बदल्ने प्लेटफर्म रहेको र यसले आफ्नो सोचलाई परिक्षण, परिस्कृत गर्न सघाउने बताए । क्याम्पको लागि  यहि जेठ ३० देखी असार ३ गते सम्म बूट क्याम्प हुने र महिना दिन सम्मको  प्रोडक्ट डेव्लप्मेन्ट पश्चात जुलाई १९ मा डेमोडे हुने जानकारी दिइएको छ ।

Global Ime bank

NIBLNIBL
प्रकाशित मिति: शुक्रबार, वैशाख २७, २०७६  १२:३२
Sipradi LandingSipradi Landing
worldlinkworldlink
प्रतिक्रिया दिनुहोस्
Ncell Side Bar LatestNcell Side Bar Latest
Bhatbhateni IslandBhatbhateni Island
cg detailcg detail
Kumari BankKumari Bank
Shivam Cement DetailShivam Cement Detail
Maruti cementMaruti cement
सम्पादकीय
नबिर्सौँ भूकम्पले सिकाएको पाठ !
नबिर्सौँ भूकम्पले सिकाएको पाठ !
ICACICAC