site stats
बाह्रखरी :: Baahrakhari
अर्थ व्यवसाय
Nabil BankNabil Bank
Sarbottam CementSarbottam Cement
रसियन प्रविधिद्वारा उत्पादित क्लियर स्प्रिट्स ‘रेड रसियन’ नेपाली बजारमा
Ghorahi CementGhorahi Cement
Agni Group
Global Ime bank

काठामाडौं । जावलाखेल ग्रुप अफ इन्डस्ट्रिजले नेपालीे बजारमा अत्याधुनिक रसियन प्रविधिबाट उत्पादित क्लियर स्प्रिट्स बजारमा ल्याएको छ । समुहले शुद्ध हिमालयन पानी र उच्चस्तरीय पदार्थहरुको समिश्रणबाट बनेको रेड रसियन नामक क्लियर स्प्रिट्स नेपाली उपभोक्तामाझ प्रस्तुत गरेको हो ।
रेड रसियनको स्वाद उत्कृष्ट छ भने यो शुद्ध र सर्वश्रेष्ठ पदार्थहरु प्रयोग गरी अत्याधुनिक रसियन डिस्टिलेसन, फर्मेन्टेसन र फिल्टरेसन प्रविधिद्धारा उत्पादन गरिएको गुणस्तरीय पेय पदार्थ हो । रेड रसियन निट पिउनुका साथै विभिन्न ककटेलको रुपमा पनि पिउन सकिने कम्पनीले जनाएको छ ।
क्लियर स्प्रिट्सका पारखीको मागलाई ध्यानमा राखेर उक्त पेयको उत्पादन गरिएको कम्पनीले जनाएको छ । यो स्वाद र समिश्रणको एक अनुपम उदाहरण पनि भएको कम्पनीको दाबी छ ।

जावलाखेल ग्रुप अफ इन्डस्ट्रिजका प्रबन्ध निर्देशक राजबहादुर शाहभन्छन्, “क्लियर स्प्रिट्स विश्वकै एक अति लोकप्रिय पेयहरुमा पर्दछ र हामी यस्ता गुण्स्तरीय उत्पादन बजारमा प्रस्तुत गर्दै आउनेछौं । ब्लेन्डिङ्ग एक कला हो र यसमा हामी दक्ष छौं । रेड रसियनले उपभोक्तालाई गुण्स्तर, स्वाद र मूल्यमा पनि पूर्ण सन्तुष्टि दिने विश्वास लिएका छौं ।”

ग्रुप कार्यकारी निर्देशक शसिन जोशीका अनुसार ग्रुपले आफ्ना उत्पादनहरुमा उच्च मापदण्ड निर्धारण गरेको छ र सोही परम्परालाई अगाडी बढाउदै १२ पटक फिल्टर गरी अत्याधुनिक रसियन प्रविधिद्धारा रेड रसियनको उत्पादन गरिएको हो ।
बजारमा रेड रसियन ७ सय ५० मिलिको बोतल १ हजार रुपैयाँ, ३ सय ७५ मिलिको बोतल ५ सय रुपैयाँ र १ सय ८० मिलिको बोतल २ सय ५० रुपैयाँमा उपलब्ध हुनेछन् ।
 

NIBLNIBL
प्रकाशित मिति: शुक्रबार, वैशाख २७, २०७६  ०९:३१
Sipradi LandingSipradi Landing
worldlinkworldlink
प्रतिक्रिया दिनुहोस्
Ncell Side Bar LatestNcell Side Bar Latest
Bhatbhateni IslandBhatbhateni Island
Kumari BankKumari Bank
Shivam Cement DetailShivam Cement Detail
Maruti cementMaruti cement
सम्पादकीय
ICACICAC