site stats
बाह्रखरी :: Baahrakhari
राजनीति
Nabil BankNabil Bank
Sarbottam CementSarbottam Cement
“भ्रष्टाचार” विरुद्ध विवेकशील नेपाली दलको जन-जागरण अभियान
Ghorahi CementGhorahi Cement

काठमाडौं । देशमा केहि महिना देखि भष्टाचारमुलक गतिविधिहरुका बारे नियमित घटनाहरु आइरहँदा नव पुस्ताहरु माझ केहि सकारात्मक कदम अगाडी बढाउने  मनशायले  विवेकशील नेपाली दलले  “घुस्याहालाई घुस्याहा भन्न सक नेपाली” भन्ने मुल नारा सहित हजारौं सहभागीहरुको उपस्थितिमा आज बसन्तपुर दरबार परिसर मा भ्रष्टाचार विरुद्ध जन-जागरण अभियान आयोजना गरेको छ  l कार्यक्रममा विभिन्न नारा लेखिएको प्याम्फ्लेट तथा ब्यानर सहित सामाजिक जनचेतनामुलक शन्देशयुक्त शान्तिपूर्ण प्रदर्शनी गरेको छ  l दिउँसो १२ बजे देखि आयोजना भएको उक्त कार्यक्रममा सर्वसाधारणहरुको व्यापक समर्थन तथा स्थलगत उपस्थिति समेत रहेको थियो l

उक्त कार्यक्रममा विभिन्न रोचक संदेश फैलाउने हेतुले २ वटा कृत्रिम निकै रोचक कलाकृत ढोका (नमुना) राखिएको थियो l एउटामा “म भ्रष्ट विरोधी हुँ” लेखिएको थियो भने अर्को मा “म भ्रष्ट विरोधी होइन” लेखिएको थियो l भ्रष्ट विरोधी होइनमा सुनको प्रतिक राखिएको थियो l  

Agni Group

नागरिकलाई भ्रष्टाचार विरुद्ध सचेत गराउने उदेश्यले विवेकशील नेपाली दलले गत माघ महिना देखि सहरको विभिन्न शपिंग सेन्टरहरु, क्याफे तथा सडकबाट संदेश मुलक नारा सहित उक्त अभियानको थालनी गरेको हो  भने विवेकशील नेपालीले आफ्नो  सुरुवाती काल ( ४ वर्ष ) देखि नै भ्रस्टाचार बिरोधि अभियानमा संलग्न छ।

“देश भित्र खुलेआम भ्रष्टाचार भइरहँदा पनि हामी आमनागरिकहरु सधैँ मौन रहँदै आएका छौ l त्यसैले यो मौनतालाई आवाजमा परिवर्तन गर्न हामीले यस अभियानको थालनी गरेका हौँ”, कार्यक्रम संयोजक सुरक्षा बस्नेतले बताईन् l

Global Ime bank

NIBLNIBL
प्रकाशित मिति: शनिबार, फागुन २१, २०७३  २१:४४
Sipradi LandingSipradi Landing
worldlinkworldlink
प्रतिक्रिया दिनुहोस्
Ncell Side Bar LatestNcell Side Bar Latest
Bhatbhateni IslandBhatbhateni Island
Kumari BankKumari Bank
Shivam Cement DetailShivam Cement Detail
Maruti cementMaruti cement
ICACICAC