site stats
बाह्रखरी :: Baahrakhari
विदेश
Nabil BankNabil Bank
पाकिस्तानको लाहोरमा आत्मघाती विस्फोट : आठ जनाको मृत्य, २५ घाइते 
Sarbottam CementSarbottam Cement

लाहुर । पाकिस्तानको दोस्रो ठूलो सहर लाहोरको सूफी दरगाह दाता दरबार बाहिर बुधबार आत्मघाती बम विस्फोट गराइएको छ । पन्जाब प्रान्त प्रहरीका अनुसार उक्त विस्फोटमा आठ जनाको ज्यान गएको बीबीसीले जनाएको छ । ज्यान गुमाउनेमा पाँच जना प्रहरी अधिकारी छन् । 

प्रहरीका अनुसार उक्त हमलामा २५ जना घाइते भएका छन् । उनीहरुको उपचारका लागि स्थानीय अस्पतालमा लगिएको छ । प्रहरी अधिकारीका अनुसार हमलाकारीले प्रहरीको गाडीलाई निशाना बनाएर विस्फोट गराएका थिए । 

विस्फोट लगत्तै उक्त स्थानमा ठूलो संख्यामा सुरक्षाकर्मी खटाइएको छ भने उक्त क्षेत्रमा अन्य पनि विस्फोट हुनसक्ने आंशकामा 'सर्च अप्रेशन' भइरहेको छ ।

Prabhu Bank
Agni Group
NIC Asia

पाकिस्तानमा प्रधानमन्त्री इमरान खानले उक्त हमलाको निन्दा गरेका छन् । उनले घाइतेको उपचारमा कुनै कसर बाँकी नराख्‍न सम्बन्धित निकायलाई निर्देशनसमेत दिएका छन् । उक्त हमलाको अहिलेसम्म कसैले पनि जिम्मेवारी लिएका छैनन् । 

Strongly condemn the terror blast outside Data Darbar this morning. Have asked Punjab govt to provide all assistance to the injured & families of victims.

Global Ime bank
— Imran Khan (@ImranKhanPTI) May 8, 2019

पाकिस्तानको पन्जाब प्रान्तको प्रहरीका आईजी आरिफ नवाजका अनुसार उक्त विस्फोट आत्मघाती हमला भएको र प्रहरीलाई निशाना बनाएको थियो । उनले मिडियालाई भनेका छन्, "प्रहरीलाई निशाना बनाएर हमला गरिएको हो । हमलाकारी आएको स्थानमा नै विस्फोट गराएको भए बढी क्षति हुनसक्थ्यो । डियूटीमा भएको प्रहरीको गाडीलाई निशाना बनाएर हमला गरिएको छ ।"

उनले पाकिस्तानमा रहेका सबै सुरक्षा निकायहरु अनुसन्धानमा जुटीरहेको र प्रमाण जम्मा गरिरहेको बताए । 

दाता दरबार दरगाह दक्षिण एसियाकै सबभन्दा पूरानो दरगाहमध्ये एक हो । यहाँ हरेक दिन हजारौंको संख्यामा दर्शनार्थीहरु आउने गर्छन् । दर्शन गर्नेमध्ये सुन्नी तथा शिया मुसलमानका साथै अन्य गैर-मुस्लिम समुदायका मानिसहरु पनि आउने गर्छन् । 

यो हमला मुस्लिम धर्मालम्बीको रमजान चलिरहेको महिनामा भएको छ । सन् २०१० मा यहाँ भएको हमलामा ४२ जनाले ज्यान गुमाएका थिए । सन् २०१६ मा इस्टर डेमा भएको आक्रमणमा लाहोरमा नै ७२ जनाले ज्यान गुमाएका थिए । 

NIBLNIBL
प्रकाशित मिति: बुधबार, वैशाख २५, २०७६  १६:१७
Sipradi LandingSipradi Landing
worldlinkworldlink
प्रतिक्रिया दिनुहोस्
Ncell Side Bar LatestNcell Side Bar Latest
Bhatbhateni IslandBhatbhateni Island
cg detailcg detail
Kumari BankKumari Bank
Shivam Cement DetailShivam Cement Detail
Maruti cementMaruti cement
सम्पादकीय
ICACICAC