site stats
बाह्रखरी :: Baahrakhari
देश
Nabil BankNabil Bank
अमेरिका जाने लोभमा पतिसँग डिभोर्स, अमेरिकी सपनासँगै २४ लाख पनि डुब्यो
Sarbottam CementSarbottam Cement

काठमाडौं । अमेरिका लैजाने भन्दै नक्कली विवाहको नाटक गरेका शशीधर खड्काले अर्की एक महिलाको घरबार नै बर्बाद गरेको पाइएको छ । खड्काले ललितपुरकी एक विवाहित महिलालाई अमेरिका लैजाने भन्दै डिभोर्स गर्न लगाएर अलपत्र पारेका हुन् । 

आफ्नो फरक–फरक नाम बताएर ठगी गर्दै हिँडेका शशीधर खड्कामाथि महानगरीय प्रहरी परिसर काठमाडौंले अनुसन्धान गरिरहेको छ । परिसर काठमाडौंका डिएसपी होमिन्द्र बोगटी भन्छन्, ‘‘शशीधर खड्काको काम नै महिलालाई निसाना बनाएर ठग्ने गरेको पाइएको छ । लामो समयदेखि उनले दलाली गर्दै कयौंको घरबार बिगारेका पनि रहेछन् । उनीविरुद्ध उजुरी आउने क्रम जारी छ ।’’

Prabhu Bank
Agni Group
NIC Asia

युवती फकाउने शशीधरको कला
शशीधर खड्का पहिले कसलाई फसाउन सकिन्छ भनेर योजना बनाउँछन् । योजना बनाएपछि फसाउने महिलाको सबै नालीबेली पत्ता लगाउँछन् । नालीबेली वा कमजोरी पत्ता लगाएपछि दोस्तीको हात अघि बढाउँछन् । त्यही क्रममा काठमाडौं दरबारमार्गस्थित एक क्लबमा शशीधर नियमित आउ–जाउ गर्र्न थाले । क्लब जाँदै गर्दा शशीधरको एक महिला लक्ष्मी श्रेष्ठ (नाम परिवर्तन) सँग दोस्ती हुन्छ । क्लब आउँदै–जाँदै गर्दा दोस्ती बढ्दै जाँदा शशीधरले ती महिलालाई आफूसँगै अमेरिका लैजाने प्रस्ताव गर्छन् ।

तर लक्ष्मी विवाहित थिइन् भने उनका आमाबुबा दुवै अमेरिका थिए । लक्ष्मीको भारतीय नागरिकसँग विवाह भएपनि उनी ललितपुरमै बस्थिन् । विवाहित भएकाले लक्ष्मीलाई अमेरिकाको प्रस्ताव स्वीकार्य भएन । तर, एक हप्तामै आफूसँगै अमेरिका लैजाने आश्वासन देखाएपछि लक्ष्मीले अमेरिकामा रहेका आमाबाबुसँग कुरा गरिन् ।

Global Ime bank

शशीधरले अमेरिका जाने भए श्रीमान्सँग डिभोर्स गर्ने प्रस्ताव राखे । त्यतिबेलासम्म शशीधर लक्ष्मीको घरमा आउने–जानेसम्मको दोस्तीमा थिए । शशीधर लक्ष्मीसँग ‘लिभिङ टुगेदर’ मा बस्न थाले । शशीधरले बिहे गरेर आफैसँग अमेरिका लैजाने भनेपछि लक्ष्मीले श्रीमान्सँग डिभोर्स गरिन् । श्रीमान्सँग डिभोर्स गरेपछि लक्ष्मीले आफ्नो संसार नै शशीधरलाई देख्न थालिन् । त्यसपछि शशीधरले रकम माग्न थाले ।

लक्ष्मीसँग नगद ९ लाखमात्रै थियो । उनले आफ्ना सबै गहना बेचेपछि २४ लाख पुग्यो । शशीधरले सबै रकम पाइसकेपछि एकाएक सम्पर्कविहीन भए । शशीधर खड्काले लक्ष्मीलाई आफ्नो वास्तविक नाम बताएका थिएनन् । जब शशीधर लामो समयसम्म पनि सम्पर्कमा आएनन्, लक्ष्मीले ठगिएको चाल पाइन् । तर शशीधरले रकममात्रै लुटेनन्, लक्ष्मीको घरबार नै वर्वाद गरेको उनका आफन्त बताउँछन् । शशीधरविरुद्ध ठगि र जवरजवस्ती करणीमा मुद्दा चलाएर प्रहरीले अनुसन्धान गरिरहेको छ ।

त्यसअघि शशीधरले काठमाडौं थानकोटकी एक युवतीसँग विवाह गरी अमेरिका लैजाने भन्दै ४२ लाख रुपैयाँ ठगी गरेका थिए । परिसर काठमाडौंका डिएसपी होमीन्द्र वोगटीका अनुसार उनलाई झण्डै तीन महिनाको प्रयासपछि समातिएको हो । १२ कक्षामा अध्ययनरत एक किशोरीलाई विवाह गरेर अमेरिका लगिदिने प्रलोभनमा ४२ लाख रुपैयाँ असुल गरेका थिए उनले । छोरी अमेरिका जाने प्रलोभनमा परेपछि अभिभावकले घर बैंकमा राखेर रकम जुटाएका थिए ।
 

NIBLNIBL
प्रकाशित मिति: बुधबार, वैशाख २५, २०७६  १३:२०
Sipradi LandingSipradi Landing
worldlinkworldlink
प्रतिक्रिया दिनुहोस्
Ncell Side Bar LatestNcell Side Bar Latest
Bhatbhateni IslandBhatbhateni Island
cg detailcg detail
Kumari BankKumari Bank
Shivam Cement DetailShivam Cement Detail
Maruti cementMaruti cement
सम्पादकीय
ICACICAC