site stats
बाह्रखरी :: Baahrakhari
राजनीति
Nabil BankNabil Bank
संशोधन प्रस्ताव छुटेपछि सांसदको आत्मालोचना वक्तव्य !
Sarbottam CementSarbottam Cement
Prabhu Bank
Agni Group
NIC Asia
Global Ime bank

काठमाडौं । राष्ट्रिय जनमोर्चाका उपाध्यक्ष तथा सांसद दुर्गा पौडेलले मंगलबार एउटा रमाइलो वक्तव्य जारी गरेकी छन् । त्यसको शीर्षक नै ‘आत्मालोचना वक्तव्य’ भनिएको छ ।  सो वक्तव्यमा उनले भनेकी छन्,‘‘सरकारको नीति तथा कार्यक्रममा संशोधन प्रस्ताव दर्ता गर्न छुट भएकोले त्यसको लागि आफ्नो कमजोरी स्वीकार गर्दै आत्मालोचना गरेको कुरा जानकारी गराउन यो वक्तव्य जारी गरेकी छु ।’’

वक्तव्यमा अगाडि भनिएको छ,‘‘यस वर्ष संसदको संयुक्त अधिवेशनमा प्रस्तुत २०७६–७७ को सरकारको नीति र कार्यक्रममा संशोधन प्रस्ताव प्रस्तुत गर्न नसक्नु मेरो कमजोरी हुन गएको छ । संशोधन प्रस्ताव दर्ता गर्ने समयबारे समयमा नै जानकारी हुन नसक्दा त्यस्तो हुन गएको हो । त्यो संशोधन प्रस्तावबारे धारणा बनाउन हामीहरूको बैठक चलिरहेको थियो । तर समय जान्नका लागि संसद् सचिवालयमा दिउँसो २ बजे सम्पर्क गर्दा म्याद गइसकेको भनी जानकारी प्राप्त भयो ।’’

उनले वक्तव्यमा अगाडि भनेकी छन्,‘‘ त्यसले गर्दा संशोधन प्रस्ताव दर्ता हुन सकेन । त्यसपछि संशोधन प्रस्ताव दर्ता हुन नसके पनि जुन विषयमा संशोधन हाल्ने समझदारी भएको थियो, ती विषयहरूलाई संसदमा बोल्दा प्रस्तुत गर्ने समझदारी भएको थियो । त्यस अनुसार वैशाख २२ गते संसदमा बोल्दा नीति र कार्यक्रममा संशोधन हाल्ने समझदारी भएका सबै विषयहरू मैले प्रस्तुत गरेकी थिएँ र मैले त्यसलाई सार्वजनिक पनि गरिसकेकी छु । तैपनि समयबारे समयमा नै जानकारी नगरेर संशोधन प्रस्ताव दर्ता गर्न नसक्नु मेरो कमजोरी भएको छ । त्यसका लागि आत्मालोचना गर्दछु ।’’
 

NIBLNIBL
प्रकाशित मिति: बुधबार, वैशाख २५, २०७६  ०७:२९
Sipradi LandingSipradi Landing
worldlinkworldlink
प्रतिक्रिया दिनुहोस्
Ncell Side Bar LatestNcell Side Bar Latest
Bhatbhateni IslandBhatbhateni Island
cg detailcg detail
Kumari BankKumari Bank
Shivam Cement DetailShivam Cement Detail
Maruti cementMaruti cement
सम्पादकीय
ICACICAC