site stats
बाह्रखरी :: Baahrakhari
राजनीति
Nabil BankNabil Bank
प्रदेशसभा विभाजन गर्न खोजियो : मुख्यमन्त्री राई
Sarbottam CementSarbottam Cement

विराटनगर । प्रदेश १ का मुख्यमन्त्री शेरधन राईले राजधानी तोक्ने विषयमा मतमतान्तर सिर्जना गरेर प्रदेशसभा नै विभाजित गर्न खोजिएको बताएका छन् । उनले भने,‘‘मतमतान्तर सिर्जना गरेर प्रदेशसभालाई नै विभाजित गर्ने प्रयासहरु भए तर हामीले सहमतिकै आधारमा स्थायी राजधानीको विषयमालाई टुंग्यायौं ।’’ 

राष्ट्रिय पत्रकारिता दिवसको अवसरमा प्रदेशका वरिष्ठ पत्रकारहरुलाई सम्मान गर्न मंगलबार आन्तरिक मामिला मन्त्रालयमा आयोजित कार्यक्रममा मुख्यमन्त्री राईले राजधानी तोक्न निकै सकस भएको पनि बताए । मुख्यमन्त्री राईले विभाजन ल्याएर अप्ठ्यारो अवस्था सिजर्ना गर्न गरिएका सबै प्रयास विफल भएको चर्चा गरे ।
 
लगत्तै संसदको बजेट अधिवेशन सुरू गर्नुपर्ने, नीति तथा कार्यक्रमको तयारीमा लाग्नुपर्ने कारण नामांकनको विषय भने थाँती रहेको राईको भनाइ छ । उनले भने,‘‘त्यही भएर नाम ल्याउन सकिएन अब अर्को अधिवेशनमा त्यसलाई पनि तोकेर जाने सरकारको तयारी छ । सरकार आगामी वर्षको नीति तथा कार्यक्रम निर्माण गर्न जुटिसकेको छ ।’’

Prabhu Bank
Agni Group
NIC Asia

मुख्यमन्त्री राईले सरकारले मिडिया क्षेत्रलाई सम्मानमार्फत कदर गर्ने कामको सुरुवात गरिएको बताए । त्यस अवसरमा प्रदेश प्रमुख सचिव सुरेश अधिकारीले अहिले निश्पक्ष पत्रकारीताको महत्व झन् बढेको बताए । उनले भने,‘‘राज्यलाई अनुशासित बनाउने क्षेत्र नै पत्रकारीता हो ।’’ 

उक्त अवसरमा नगद एक लाख रुपैयाँ, कदरपत्रसहित वरिष्ठ पत्रकार नकुल काजी, चन्द्र भण्डारी, हर्ष सुब्बा र राजकुमार कार्कीलाई सम्मान गरिएको थियो । सम्मानित पत्रकार चन्द्र भण्डारीले पत्रकारीतालाई अझ मर्यादित बनाउन जरुरी भएको चर्चा गरे । 

Global Ime bank

वक्ताले पत्रकारीता क्षेत्रलाई समय सापेक्ष परिवर्तन गर्न जरुरी भएको बताएका थिए । त्यस अवसरमा सञ्चार कार्यदलका संयोजक यज्ञ शर्मा, मोरङ प्रमुख जिल्ला अधिकारी रमेश केसी, प्रदेशसभा सचिवालयका सचिव गोपालप्रसाद पराजुली, कौशल चेम्जोङ र नेपाल पत्रकार महासंघ प्रदेश १ का अध्यक्ष विक्रम लुइँटेलले पनि मन्तब्य राखेका थिए । 

NIBLNIBL
प्रकाशित मिति: मंगलबार, वैशाख २४, २०७६  १९:३५
Sipradi LandingSipradi Landing
worldlinkworldlink
प्रतिक्रिया दिनुहोस्
Ncell Side Bar LatestNcell Side Bar Latest
Bhatbhateni IslandBhatbhateni Island
cg detailcg detail
Kumari BankKumari Bank
Shivam Cement DetailShivam Cement Detail
Maruti cementMaruti cement
सम्पादकीय
कतारका अमिर थानीसँगको अपेक्षा
कतारका अमिर थानीसँगको अपेक्षा
ICACICAC