site stats
बाह्रखरी :: Baahrakhari
देश
Nabil BankNabil Bank
महिलामात्रै ठग्ने शशीधर, अमेरिकाको सपना देखाएर बिहेसँगै ब्ल्याकमेल
Sarbottam CementSarbottam Cement

वास्तविक नाम शशिधर खड्का तर अपराध र ठगिको दुनियाँमा उनको नाम कहिँ गुलाब खड्का, कहिँ सुवास खड्का, कहिँ विजय थापा त कहिँ पारस खड्का । आकर्षक गेटअप । चढ्नलाई राम्रो कार । पहिलो भेटमै आफूतिर तान्नसक्ने गज्जबको कला । 

यतिबेला उनी महानगरीय प्रहरी परिसरको हिरासतमा छन् । काठमाडौं थानकोटकी एक युवतीसँग विवाह गरी अमेरिका लैजाने भन्दै ४२ लाख रुपैयाँ ठगी गरेको आरोपमा उनी पक्राउ परेका हुन् । परिसर काठमाडौंका डिएसपी होमिन्द्र वोगटीका अनुसार उनलाई झण्डै तीन महिनाको प्रयासपछि समातिएको हो । १२ कक्षामा अध्ययनरत एक किशोरीलाई विवाह गरेर अमेरिका लगिदिने प्रलोभनमा उनले ४२ लाख रुपैयाँ असुल गरेको पीडितको भनाइ छ । छोरी अमेरिका जाने प्रलोभनमा परेपछि अभिभावकले घर बैंकमा राखेर रकम जुटाए । तर, रकम लिएर खड्का गायब भएपछि मात्रै किशोरी र परिवारले ठगिएको चाल पाए । 

ठग्नकै लागि विवाहदेखि यौन शोषणसम्म
थानकोट घर भएकी जानकी शाही (नाम परिवर्तन) केही कामले पाटन अदालत जान्थिन् । ती किशोरीलाई शशीधरले लामो समयसम्म पिछा गरे । उनले ती युवतीको सबै विवरण प्राप्त गरेपछि अदालतमा चिनजान गर्न खोजे । चिनजानका क्रममा उनले आफू ती युवतीको बुवाको साथी भएको बताए । जानकीका बुबाको सशस्त्र द्वन्द्वका क्रममा ज्यान गएको थियो । बुवाको चिनजानको साथी भनेपछि उनले राम्रैसँग कुराकानी गरिन् । परिचयका क्रममा खड्काले किशोरीलाई अमेरिकाबाट आएको बताए । 

Prabhu Bank
Agni Group
NIC Asia

जानकी र शशीधरको दोस्ती भयो । विस्तारै फोनमा कुराकानी र भेटघाट हुन थाल्यो । जानकी भन्छिन्, ‘‘मेरो जिन्दगी नर्क बनाउने राक्षसलाई चिन्न सकिनँ । आफ्नो ठानेर सबै सुम्पिएँ । तर आज घर न घाटकी भएँ ।’’ दोस्ती बढ्दै गएपछि शशीधर जानकीको घरसम्म पुग्न थालेका थिए । घरमा जानकी, उनकी आमा र दिदीमात्रै बस्दै आएका थिए । जानकीकी आमा र दिदीसँग पनि शशीधरले मित्रता बढाए । मित्रता बढाउँदै गएपछि उनले आफू अविवाहित भएको र जानकीसँग विवाह गरेर अमेरिका लैजाने प्रस्ताव सुनाए । जानकीकी आमाले भनिन्, ‘‘शशिधरले म परराष्ट्र मन्त्रालयका हाकिमको मान्छे हो भन्यो । म पाँचजनालाई अमेरिका लैजान सक्छु, ४२ देखि ४५ लाखसम्म लाग्छ । जानकीलाई म विवाह गरेर लैजान्छु, दिदी जानेभए ४२ लाख रकम जुटाउनुपर्यो भन्यो ।’’ विवाहदेखि अमेरिकासम्मको प्रस्ताव आएपछि जानकीको परिवार राजी भयो । जानकी भन्छिन्, ‘‘शशीधरले विवाह सामान्य रुपमा गरौं, किन धुमधाम गर्ने भनेपछि घरमै सामान्य विवाह गर्यौं । उसले एक तोलाको औठीं मेरो औंलामा लगाइदियो ।’’ 

विवाह भएपछि शशीधरले जानकी र उनकी दिदीको नागरिकता, शैक्षिक योग्यताको प्रमाणपत्र लिए । आफैसँग लगेर पासपोर्ट पनि बनाइदिए । ज्वाइँ नै भइसकेका शशीधरले जानकीको परिवारलाई अमेरिकाबाट पैसा मगाएको तर केही ढिलो हुने भएकाले पैसा जुटाउन भने । ‘‘ज्वाइँले नै त्यसो भनेपछि बैंकमा घर राखेर पैसाको जोहो गर्यौं । त्यसपछि पटक–पटक गरेर ४२ लाख रकम दियौं,” जानकीकी आमाले भनिन् ।’’ 

Global Ime bank

रकम पाएपछि खड्का एकाएक बेपत्ता भए । खड्काको मोबाइल लाग्न छाडेपछि परिवारले ठगिएको चाल पाए । त्यसबीचमा विवाह गरे पनि शशीधरले जानकीलाई आफ्नो घर पनि लगेका थिएनन् । जानकीलाई पारस खड्का नाम बताइएको थियो । 

महानगरीय प्रहरी परिसर काठमाडौंका प्रवक्ता डिएसपी बोगटीले भने, ‘‘युवतीलाई झुटा सपना देखाएर पटक–पटक यौन शोषण गरिएको छ, ठगिएको छ । त्यसैले खड्काविरुद्ध ठगी र जबरजस्ती करणीको मुद्दा दायर गरेका छौँ ।’’ खड्काविरुद्ध थप अनुसन्धान जारी रहेको उनले बताए ।  

पहिचान लुकाएर पाँच विवाह
प्रारम्भिक अनुसन्धानका क्रममा शशीधरले पहिचान लुकाएर पाँचवटा विवाह गरेको खुलेको छ । उनको वास्तविक घर प्यूठान रहेको खुलेको छ । डिएसपी बोगटीले भने, ‘‘उनले हामीसँग अविवाहित नै भनेका छन् । तर, प्यूठानमा एक छोरा, छोरी र श्रीमती भएको खुलेको छ । अन्य पाँच विवाह गरेको कुरा पनि आएको छ ।’’ 

उनले महिलालाई नै मुख्य निसाना बनाउँदै ठग्दै गरेको खुलेको बोगटीले बताए । परिसर काठमाडौंमा खड्काविरुद्ध तीनजनाले उजुरी दिएका छन् । बोगटीले भने, ‘‘सोझा महिलालाई शोषण पनि गर्ने र पैसा पनि कुम्ल्याउने शशीधरको धन्दा नै रहेछ । यसबारे विस्तृत अनुसन्धान गरिरहेका छौं ।’’

शशीधरले अन्य महिलालाई पनि ठगेको बताइएको छ । डिएसपी वोगटीका अनुसार शशीधरको समूहमा रहेका अन्य व्याक्तिमाथि समेत अनुसन्धान सुरु गरिएको छ ।


 

NIBLNIBL
प्रकाशित मिति: मंगलबार, वैशाख २४, २०७६  १५:०६
Sipradi LandingSipradi Landing
worldlinkworldlink
प्रतिक्रिया दिनुहोस्
Ncell Side Bar LatestNcell Side Bar Latest
Bhatbhateni IslandBhatbhateni Island
cg detailcg detail
Kumari BankKumari Bank
Shivam Cement DetailShivam Cement Detail
Maruti cementMaruti cement
सम्पादकीय
नबिर्सौँ भूकम्पले सिकाएको पाठ !
नबिर्सौँ भूकम्पले सिकाएको पाठ !
ICACICAC