प्रधानमन्त्रीको प्रश्न– बालुवाटार र खुलामञ्च अतिक्रमण सरकारले गरेको हो ? 

प्रधानमन्त्रीको प्रश्न– बालुवाटार र खुलामञ्च अतिक्रमण सरकारले गरेको हो ? 

काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओलीले बालुवाटार जग्गा प्रकरण र खुलामञ्च अतिक्रमण आफ्नो सरकारको पालामा नभएको दाबी गरेका छन् । “बालुवाटार पनि बिकेछ । खुलामञ्च पनि मासिएछ भनेको सुन्छु, यो सरकारले हो ?,” उनले प्रश्न गरे, “अहिले त बालुवाटारको जमिनको समस्या खोजी हुँदै छ । छानबिन हुँदैछ ।”

बालुवाटार जग्गा प्रकरणमा मुछिएका सत्तारूढ नेकपाका महासचिव विष्णु पौडेलको पार्टीभित्रैबाट आलोचना भइरहेका बेला प्रधानमन्त्रीले यस्तो बताएका हुन् । उनले देशमा भ्रष्टाचार बढ्यो भन्नेहरूलाई पनि जवाफ फर्काएका छन् । “वाइडबडीको कारोबार यो सरकारले गरेको हो ? ‘के भएको हो, छानबिन हुँदैछ,” उनले भने । 

प्रतिकृया दिनुहोस
ad