site stats
बाह्रखरी :: Baahrakhari
राजनीति
Nabil BankNabil Bank
गोरखापत्रका कर्मचारीप्रति सञ्चारमन्त्री बास्कोटाको आक्रोश– पेन्सन खाने, कामचाहिँ नगर्ने ?
Sarbottam CementSarbottam Cement
Prabhu Bank
Agni Group
NIC Asia
Global Ime bank

काठमाडौं । सञ्चार तथा सूचना प्रविधि मन्त्री गोकुल बास्कोटाले गोरखापत्र संस्थानको काम कारवाहीप्रति असन्तुष्टि व्यक्त गरेका छन् । मन्त्री बास्कोटाले गोरखापत्र संस्थानको काममा तत्काल सुधार नभए कर्मचारीहरुको विकल्प खोज्ने चेतावनीसमेत दिए ।
उनले गोरखापत्र संस्थानमा कार्यरत कर्मचारीहरुलाई उत्साहका साथ काम गर्न निर्देशन दिँदै त्यसमा सुधार नभए पेन्सन रोक्का गर्नुपर्ने अवस्था आउनेतर्फ पनि सचेत गराए । गोरखापत्र प्रकाशनको १ सय १९ औं वर्ष प्रवेश तथा चौथो राष्ट्रिय पत्रकारिता दिवसको अवसर पारेर मंगलबार काठमाडौंमा आयोजित एक कार्यक्रममा उनले पेन्सन खाने तर गोरखापत्र संस्थानको काममा सुधार नहुने कुरालाई अन्त्य गरेर अघि बढ्ने योजना पनि अघि सारे ।
गोरखापत्र संस्थानको घरलाई ‘बाख्राको खोर’को संज्ञा दिँदै मन्त्री बास्कोटाले त्यसलाई भत्काएर नयाँ भवन निर्माण गर्ने पनि बताए । गोरखापत्र संस्थानको बाख्राको खोरजस्तो कार्यालय भत्काएर अर्को बनाउनेदेखि लिएर सबै कुरा प्लानिङका साथ अघि बढ्ने मन्त्री बास्कोटाको भनाइ छ । मन्त्री बास्कोटाले गोरखापत्रलाई पढौं–पढौं लाग्ने बनाउन इमान्दार भएर काम गर्न पनि कर्मचारीहरुलाई सचेत गराए । 
 

NIBLNIBL
प्रकाशित मिति: मंगलबार, वैशाख २४, २०७६  १२:३३
Sipradi LandingSipradi Landing
worldlinkworldlink
प्रतिक्रिया दिनुहोस्
Ncell Side Bar LatestNcell Side Bar Latest
Bhatbhateni IslandBhatbhateni Island
cg detailcg detail
Kumari BankKumari Bank
Shivam Cement DetailShivam Cement Detail
Maruti cementMaruti cement
सम्पादकीय
ICACICAC