site stats
बाह्रखरी :: Baahrakhari
राजनीति
Nabil BankNabil Bank
\'मेरो सरकार\' प्रति प्रचण्डको असन्तुष्टि
Sarbottam CementSarbottam Cement

काठमाडौं । राष्ट्रपति विद्यादेवी भण्डारीले संघीय संसदमा प्रयोग गरेको ‘मेरो सरकार’ वाक्यांशप्रति सत्तारुढ दलकै अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ ले आपत्ति जनाएका छन् । 
प्रधानमन्त्रीसमेत रहेका अर्का अध्यक्ष केपी शर्मा ओलीले राष्ट्रपति भण्डारीको बचाउ गरिरहेका बेला अध्यक्ष प्रचण्डले भने ‘मरो सरकार’ प्रति असन्तुष्टि जनाएका हुन् । 

सरकारले पेस गरेको नीति तथा कार्यक्रममाथिको छलफलमा आज भाग लिँदै अध्यक्ष प्रचण्डले दोस्रो जनआन्दोलनपछिको ऐतिहासिक परिवर्तनको सार तत्वलाई ध्यान दिन आवश्यक रहेकोमा जोड दिए । “२०६२–०६३ पछिको परिवर्तनले हजारौं वर्षदेखिको राजनीतिक प्रणालीलाई परिवर्तन गरेको छ । एकात्मकबाट संघात्मक, राजतन्त्रात्मकलाई गणतन्त्रतात्मक र समाानुपातिक समावेशी प्रणाली नै भनौं । अब बहसहरु अगाडि बढाउँदै लैजाँदा सत्तापक्ष र प्रतिपक्षले यो ऐतिहासिक परिवर्तनको सार तत्वलाई गहिरो गरी ध्यान दिन जरुरी छ,’’ उनले भने । 

Prabhu Bank
Agni Group
NIC Asia

उनले दोस्रो जनआन्दोलनपछिको परिवर्तनलाई गुणात्मक परिवर्तनको संज्ञा दिँदै कुनै पनि बहसलाई अगाडि बढाउँदा परिवर्तनको उचाईलाई सबैले ध्यान दिनुपर्नेमा जोड दिए । 
“यो गुणात्मक परिवर्तन छ र यसले हामी जनप्रतिनिधि राजनीतिक दलका नेताहरुलाई पनि परिवर्तनको स्तर गहिराई उचाईलाई नै ध्यान दिएर नै बहसमा प्रस्तुत हुनुपर्दछ,’’ प्रचण्डले भने, “हिजो राजसंस्था वा राजतन्त्र अन्तरगतको हाम्रो बहुदलीय प्रणाली अन्तरगतको जस्तो मात्रै यो छैन । यसमा एउटा गुणत्मकता छ र यसले हामी सबैबाट पनि गुणात्मक ढंगले बसहलाई माथि उठाउन र हाम्रा सबै सोच र शैलीलाई त्यसको अनुकुलन बनाउने मनसायको साथ हमी जानु पर्दछ ।’’ 

सत्ता पक्षले राम्रै नीति ल्याए पनि प्रतिपक्षले विरोध गर्नेैपर्ने बाध्यता र प्रतिपक्षले राम्रै सुझाव दिए पनि सत्ता पक्षले त्यसलाई इन्कार गर्नैपर्ने बाध्यताले समाजमा नकारात्मक दृष्टिकोणले प्रश्रय पाइरहेको त छैन भन्ने सवाल उत्पन्न भएको उनको भनाइ थियो । 

Global Ime bank

अध्यक्ष प्रचण्डले गत वर्षको तुलनामा सरकारले राम्रो नीति तथा कार्यक्रम ल्याएको दाबी गर्दै प्रतिपक्ष दल नेपाली कांग्रेसले पनि राम्रो तयारी गरेर धारणा राखेको बताए ।

NIBLNIBL
प्रकाशित मिति: मंगलबार, वैशाख २४, २०७६  १२:१९
Sipradi LandingSipradi Landing
worldlinkworldlink
प्रतिक्रिया दिनुहोस्
Ncell Side Bar LatestNcell Side Bar Latest
Bhatbhateni IslandBhatbhateni Island
cg detailcg detail
Kumari BankKumari Bank
Shivam Cement DetailShivam Cement Detail
Maruti cementMaruti cement
सम्पादकीय
ICACICAC