site stats
बाह्रखरी :: Baahrakhari
राजनीति
Nabil BankNabil Bank
दमननाथ ढुंगाना पनि समाजवादी पार्टीमा !
Sarbottam CementSarbottam Cement

काठमाडौं । नेपाली कांग्रेसका नेता तथा पूर्वसभामुख दमननाथ ढुंगाना समाजवादी पार्टी नेपालको घोषणा सभामा देखिएका छन् । उनी संघीय समाजवादी फोरम र नयाँ शक्ति पार्टीबीच एकीकरण भई घोषणा हुन लागेको समाजवादी पार्टीको घोषणा सभामा पुगेका हुन् । 

पूर्वप्रधानमन्त्री डा. बाबुराम भट्टराई र वर्तमान सरकारका उपप्रधानमन्त्री उपेन्द्र यादवले नेतृत्व गरेका दुई पार्टीको एकता घोषणा सभामा ढुंगानाको उपस्थितिलाइ अर्थपूर्ण रुपमा हेरिएको छ । कतिपयले उनी नयाँ पार्टीमा प्रवेश गर्ने तयारीमा रहेको दाबी गरेका छन् । यादवको अध्यक्षतामा रहेको संघीय समाजवादी फोरमका केन्द्रीय सदस्य योगेन्द्र यादवले पूर्व सभामुख ढुंगानाले आफूहरुको पार्टीलाई वैचारिक समर्थन गरेको र नागरिक समाजको प्रतिनिधित्व गर्दै घोषणा समारोहमा सहभागी भएको बताएका छन् ।

Prabhu Bank
Agni Group
NIC Asia

कार्यक्रम उद्घोषक गंगा श्रेष्ठले ढुंगाना आफूहरुको पार्टी एकता घोषणा सभालाई शुभकामना दिन उपस्थित भएको बताएका छन् । ढुंगानालाइ मञ्चमै राखिएकाे छ ।

बहुदलीय व्यवस्था शुरु भएपछिको संसदको सभामुख बनेका ढुंगाना पछिल्लो समय तराई मुद्दासँग आफूलाई जोड्दै आएका छन् । उनी संघीय समाजवादी फोरम र नयाँ शक्ति पार्टीबीचको एकताको अवसरमा शुभकामना दिन निम्त्याएको आयोजकले बताएका छन्। कांग्रेसका तर्फबाट गत निर्वाचनमा भक्तपुरबाट प्रतिनिधिसभा सदस्यमा उमेदवार भए पनि चुनाव जित्न सकेनन्। मानवअधिकारवादीको समेत परिचय बनाएका नेता कांग्रेसको राजनीतिमा भने सक्रिय छैनन्।

Global Ime bank

NIBLNIBL
प्रकाशित मिति: सोमबार, वैशाख २३, २०७६  १२:५१
Sipradi LandingSipradi Landing
worldlinkworldlink
प्रतिक्रिया दिनुहोस्
Ncell Side Bar LatestNcell Side Bar Latest
Bhatbhateni IslandBhatbhateni Island
cg detailcg detail
Kumari BankKumari Bank
Shivam Cement DetailShivam Cement Detail
Maruti cementMaruti cement
सम्पादकीय
ICACICAC