site stats
बाह्रखरी :: Baahrakhari
राजनीति
Nabil BankNabil Bank
Sarbottam CementSarbottam Cement
प्रदेश १ को स्थायी राजधानी विराटनगर वा धनकुटा तोक्न चार प्रस्ताव दर्ता
Ghorahi CementGhorahi Cement

विराटनगर । प्रदेश १ को स्थायी राजधानी विराटनगर वा धनकुटालाई तोक्न प्रदेशसभामा चारवटा प्रस्ताव दर्ताका भएका छन् । नेकपाले विराटनगर स्थायी राजधानी, कार्यपालिका व्यवस्थापिकालगायत अन्य संरचना बृहत विराट क्षेत्र अन्तर्गत विराटनगर, इटहरी र सुन्दरहैंचा क्षेत्र आसपासमा रहनेछ भन्ने व्योहरासहितको प्रस्ताव दर्ता गरेको छ ।

नेकपाकोतर्फबाट प्रमुख सचेतक बुद्धिकुमार राजभण्डारीले प्रस्ताव दर्ता गराएका छन् । यसको समर्थक लिलम बस्नेत, राजकुमार ओझा, यशोदा अधिकारी र विजयकुमार विश्वास छन् । नेकपाले प्रदेश संरचना छर्ने गरी राजधानी दर्ता गराएको भन्दै कांग्रेसका प्रमुख सचेतक केदार कार्कीले दर्ता विराटनर स्थायी राजधानी हुनुपर्ने प्रस्तावमा संघीय समाजवादी फोरमका जयराम यादव र कांग्रेसका शिवनारायण गन्गाई समर्थक छन् ।
 
धनकुटा राजधानी प्रस्ताव गर्दै कांग्रेसकी लीला सुब्बाले दर्ता गराएको प्रस्तावको समर्थकमा कांग्रेसका प्रकाशप्रताप हाङ्गाम र संघीय समाजवादी फोरमका  रामचन्द्र लिम्बू समर्थक छन् । नेकपाकै निरन राईले दर्ता गरेको धनकुटा राजधानीको प्रस्तावमा नेकपाका इन्द्रमणि पराजुली र कुसुमकुमारी श्रेष्ठ समर्थक छन् । प्रदेशसभा सचिवालयका सचिव गोपाल प्रसाद पराजलीले नाम भने कुनै पनि दलको तर्फबाट प्रस्ताव नगरिएको जानकारी दिएका छन् । 

मुख्यमन्त्री शेरधन राईले विपक्षीसँग समेत छलफल गरी निश्कर्षमा पुगेर विराटनगर स्थायी राजधानी रहने गरी प्रस्ताव दर्ता गराउने र पार्टी नीति विपरीत दर्ता भएका अन्य प्रस्ताव प्रदेशसभासम्म नपुग्ने बरु फिर्ता हुने बताए । उनले भने,‘‘पार्टी निर्णय विपरीत प्रस्ताव दर्ता गर्ने सांसदलाई कारबाही हुनेछ । यी प्रस्ताव प्रदेशसभासम्म पुग्ने छैनन् ।’’ मुख्यमन्त्री शेरधन राईले कांग्रेससँगको छलफलमै बृहित विराट क्षेत्रभित्रको विराटनगरको साटो सोझै विराटनगर राजधानी रहने भन्ने प्रस्ताव लगेको तर कांग्रेसले अर्को प्रस्ताव दर्ता गरेकोबारे आफूलाई थाहा नभएको बताए ।

Agni Group

उनले प्रदेशका संरचना अन्यत्र छर्ने भन्ने कुनै मनसाय नभएको बरु आफूले नयाँ स्याटलाइट सहर विकास गर्ने अवधारणा भने लिएको बताए । उनले सबैको मनोभावलाई समेटेर विराटनगरलाई नै स्थायी राजधानी तोकिएका र यस विषयमा विपक्षीसँग पनि छलफल भएको दाबी गरे ।
 
तर, प्रमुख विपक्षी दल कांग्रेसका नेता राजीव कोइरालाले नेकपासँग आफूहरुको कुरा नमिलेकोले छुट्टै प्रस्ताव दर्ता गर्नु परेको बताए । प्रदेशका प्रशासनिक इकाईहरु मन्त्रिपरिषद् निर्णयबाट पनि निर्माण गर्न सकिने भएपनि राजधानीसँगै कैफियत प्रस्तावको रुपमा ल्याइएकोले त्यसलाई मान्न नसकिने बताउँदै भने,‘‘राजनैतिक र ऐतिहासिक रुपमा छुट्टै पहिचान बोकेको विराटनगर नै सम्पूर्ण संरचनासहितको राजधानी हुनुपर्छ भन्ने हाम्रो माग हो ।’’ उनले नेकपाले झुक्याउने गरी प्रस्ताव ल्याएको आरोप लगाए ।

नेकपाले चरणबद्ध छलफल गरे पनि सांसदहरुले आफ्नो हिसाबले प्रस्ताव दर्ता गराएका हुन । कांग्रेसका सांसदले समेत अलग्गै प्रस्ताव दर्ता गरेको विषयमा छानबिन हुने विपक्षी दलका नेता राजीव कोइरालाले बताए । उनले भने, ‘‘ककसले दर्ता गर्नु भएको छ हामी छानबिन गर्छौ ।’’ प्रदेश १ मा ९३ सांसद छन् । जसमा नेकपाका ६७, कांग्रेसका २१, संघीय समाजवादी फोरमका तीन, संघीय लोकतान्त्रिक राष्ट्रिय मञ्च र राप्रपाका एक-एक सांसद छन् । दुई तिहाइका लागि ६२ सांसदको मत चाहिन्छ । यो मत नेकपाको पूर्वएमाले एक्लैसँग छ । पूर्व एकीकृत माओवादीसमेतको मत जोड्दा दुई तिहाई भन्द बढी मत छ ।

Global Ime bank

राजधानी पारित हुन यस्तो छ प्रक्रिया

सचिवले यस्तो प्रस्ताव सभामुखलाई दिए पछि कार्यव्यवस्था परामर्श समितिमा छलफलको लागि दिन तोकिन्छ । सभामुखको अनुमतिले प्रस्ताव सांसदले नै सभामा प्रस्ताव गर्ने र निर्णयार्थ सभामुखले पेश गर्ने प्रावधान छ । छलफलपछि उठेका प्रश्नको जवाफ प्रस्तावले दिएपछि अर्को बैठक तोकिन्छ । छलफलपछि तत्काल संशोधनको सूचना जारी भई संशोधन गर्न दुई घण्टाको समय दिइन्छ । 

संशोधन सचिव समक्ष पेश हुन्छ । संशोधन प्रस्ताव सभामुखको इजाजतमा सदनमा प्रस्तुत भई फिर्ता लिएमा स्वतः निस्कृय र नलिए निर्णायार्थ प्रस्तुत हुनेछ । संशोधन प्रस्ताव बहुमतबाट पारित भए प्रस्ताव प्रस्तुतकर्ता सदस्यलाई सभामा प्रस्ताव प्रस्तुत गर्न अनुमति दिइन्छ । प्रस्ताव पारित गरियोस भन्ने प्रस्ताव पारित भएपछि तत्काल प्रस्तावको पक्षमा हुन्छ र हुन्न भन्ने पक्षका सदस्यलाई मत विभाजनद्वारा निर्णयका लागि अलग-अलग लबीमा गएर हस्ताक्षर गर्न सभामुखले आदेश दिन्छन् । 

उक्त प्रस्तावमा सबै उपस्थित सदस्यले हस्ताक्षर गरी निर्णय गर्ने प्रक्रियामा अनिवार्य भाग लिनुपर्ने हुन्छ । हस्ताक्षर सम्पन्न भएपछि हुन्छ वा हुन्न भन्ने मतगणना सचिवालय कर्मचारीले गर्छन । मतपरिणाम सभामुखले तत्काल घोषणा गर्छन । राजधानी तोकियोस भन्ने प्रस्तावको पक्षमा प्रदेशसभामा तत्काल कायम रहेको सदस्य संख्याको दुई तिहाई बहुमतबाट निर्णय भएको मत परिणाम प्रप्त भएमा सभामुखले प्रस्तावबमोजिमको स्थनलाई प्रदेशको राजधानी भएको तत्काल घोषणा गर्नेछ । नपुगे फेरि तोकेको दिनमा प्रक्रिया शुरु हुन्छ । नामबारे पनि यसरी नै प्रक्रिया हुने प्रावधान छ ।

NIBLNIBL
प्रकाशित मिति: आइतबार, वैशाख २२, २०७६  १८:५९
Sipradi LandingSipradi Landing
worldlinkworldlink
प्रतिक्रिया दिनुहोस्
Ncell Side Bar LatestNcell Side Bar Latest
Bhatbhateni IslandBhatbhateni Island
Kumari BankKumari Bank
Shivam Cement DetailShivam Cement Detail
Maruti cementMaruti cement
सम्पादकीय
ICACICAC