site stats
बाह्रखरी :: Baahrakhari
राजनीति
Nabil BankNabil Bank
मोरङका सांसदलाई कांग्रेसको ह्विप, धनकुटा र इटहरीमा प्रदर्शन
Sarbottam CementSarbottam Cement

विराटनगर । प्रदेश १ को राजधानी आ–आफ्ना ठाउँमा बनाउन माग गर्दै आएका प्रमुख तीन सहरमा फेरि आन्दोलन उठेको छ । कांग्रेसले विराटनगरको पक्षमा लविङ गर्न आफ्ना सांसहरुलाई ह्विप लगाएको छ । धनकुटामा विरोध जुलुस जारी छ भने इटहरीमा सडकमै पत्रकार सम्मेलन गरी राजधानीको पक्षमा आन्दोलन शुरु गरिएको छ । 

धनकुटामा संघर्ष समितिले विरोध जुलुस निकाल्दै राजधानी दिनुपर्ने भन्दै प्रदेश सरकार समक्ष माग गरेको छ । संयुक्त संघर्ष समितिले यसअघि पनि धनकुटामा पटक पटक आन्दोलन गरेको थियो । 

धनकुटाबाट प्रदेश सभामा प्रतिनिधित्व सांसदहरुले राजधानीको लागि सदनमा प्रस्ताव दर्ता गर्न नगरवासीले नै दबाब दिएका छन् । नेकपा धनकुटका सचिव ऋषिराम ढुंगानाले भने, “आफ्नो जन्मभूमि र कर्मभूमि धनकुटा भएकाले उहाँहरुले यही ठाउँको पक्षमा प्रस्ताव लिएर जानुपर्छ ।” नेपाली कांग्रेस धनकुटका सचिव विजय सन्तोषी राईले धनकुटाबाट प्रतिनिधित्व गर्ने सांसदले धनकुटालाई राजधानी बनाउने प्रस्ताव दर्ता नगरे धनकुटामा उनीहरुको राजनीतिक भविष्य नै समाप्त हुने दाबी गरे । राईले धनकुटालाई राजधानी कायम गराउने यो नै अन्तिम र निर्णायक आन्दोलन भएको अर्थ्याए । 

Prabhu Bank
Agni Group
NIC Asia

विराटनगरको पक्षमा लविङ गर्न र जनमत सिर्जना गर्न कांग्रेसले आफ्ना सांसदलाई ह्विप लगाएको हो । मोरङ कांग्रेसको आइतबार बसेको बैठकले विराटनगरको पक्षमा मत जाहेर गर्न तर विपक्षमा कुनै किसिमको गतिविधि नगर्न आफ्ना सांसदलाई ह्विप लगाएको छ ।

कांग्रेसका जिल्ला सचिव मोदराज घिमिरेले यस विषयमा आइतबार नै मोरङबाट प्रदेशसभामा प्रतिनिधित्व गर्ने दशजना सांसदसँग छलफल गरेको बताए । भने, ‘‘सांसदहरुले विराटनगरबाहेकका ठाउँको विषयमा आफूहरुले वकालत नगर्ने बताउनु भयो ।’’ सचिव घिमिरेले ऐतिहासिक, राजनीतिक र सांस्कृतिक विविधताको हिसाबले पनि विराटनगरको छुट्टै महत्व भएको जानकारी दिएका छन् । प्रदेशसभामा मोरङका दशजना सांसद छन् । 

Global Ime bank

प्रदेशसभामा प्रमुख विपक्षी कांग्रेसका २१ सांसद छन् । मोरङका सांसदलाई पार्टीले विराटनगरको पक्षमा लविङ गर्न निर्देशन दिएको संसदीय दलमा समेत जानकारी गराइएको प्रमुख सचेतक केदार कार्कीले जनाए । उनले भने, ‘‘पार्टीले संसदीय दलमा यसबारे जानकारी गराएको छ ।’’ शनिबार विराटनगर महानगरपालिकाले पनि सर्वपक्षीय छलफल गरी विराटनगरबाहेकको विकल्प नरोज्न प्रदेश सरकारको ध्यानाकर्षण गराएको थियो । 

नेकपाको प्रदेश कमिटीले आफ्नै सांसद तथा प्रतिपक्षी दलसँग चरण चरणमा छलफल गरेपछि राजधानी विराटनगर तर संरचना इटहरी र गोठगाउँमा राख्ने निर्णय गरेपछि राजधानी विवाद झन् चर्किएको छ । जनस्तरबाट संरचना विकेन्द्रीत गर्दा जनतालाई झन् दुःख हुने आवाज पनि आएका छन् । नेकपाका प्रदेश इन्चार्ज भीम आचार्यले प्रदेशसभा इटहरी र केही संरचना मोरङको गोठगाउँ लैजाने अभिव्यक्ति दिएका छन् । तर, इन्चार्जको यो भनाइलाई आन्तरिक मामिला मन्त्री हिक्मत कुमार कार्कीले भने ‘सबै त्यसरी नै निर्णय भइनसकेको’ भन्दै पार्टीको बचाउ गरेका छन् । 

प्रदेश सरकारले केहीअघि मोरङ र सुनसरीका १८ पालिकाहरुलाई समेटेर वृहत् विराट क्षेत्र घोषणा गरेसँगै राजधानीको मुद्दा पेचिलो बनेको छ । नेकपाले राजधानी वृहत् विराट क्षेत्रभित्र रहने ढंगले प्रदेशसभा प्रस्ताव दर्ता गर्न लागेपछि अन्य दल संशकित भएका हुन् । नेकपाको संसदीय दलको बैठक आइतबार नै बस्दैछ । त्यसले निर्णय लिएर राजधानीको प्रस्ताव दर्ता गरिने मुख्यमन्त्री शेरधन राईले बताएका छन् । 


 

NIBLNIBL
प्रकाशित मिति: आइतबार, वैशाख २२, २०७६  ११:२१
Sipradi LandingSipradi Landing
worldlinkworldlink
प्रतिक्रिया दिनुहोस्
Ncell Side Bar LatestNcell Side Bar Latest
Bhatbhateni IslandBhatbhateni Island
cg detailcg detail
Kumari BankKumari Bank
Shivam Cement DetailShivam Cement Detail
Maruti cementMaruti cement
सम्पादकीय
ICACICAC