site stats
बाह्रखरी :: Baahrakhari
खेल
Nabil BankNabil Bank
चन्द्रागिरी गोल्डकपको उपाधिका लागि सरस्वती र च्यासल भिड्ने 
Sarbottam CementSarbottam Cement

काठमाडौं । दोस्रो संस्करणको चन्द्रागिरी गोल्डकप फुटबल प्रतियोगिताको उपाधिका लागि च्यासल युथ क्लब र सरस्वती क्लब भिड्ने भएका छन् । 

आज भएको दोस्रो सेमिफाइनलमा च्यासलले विभागिय क्लब एपिएफमाथि जित निकालेसँगै उपाधिका लागि सरस्वती र च्यासल भिड्ने पक्का भएको हो । 
चन्द्रागिरी नैकापस्थित नैकाप फुटबल मैदानमा च्यासलले एपीएफमाथि  २–१ को कठिन जित निकालेको हो । च्यासललाई फाइनलमा पुर्‍याउन विदेशी खेलाडी अर्मान्डले दुवै गोल गरे । एपीएफका प्रदीप लामाले एक गोल फर्काएपनि टोलीलाई विजय बनाउन सकेनन् । 

Prabhu Bank
Agni Group
NIC Asia

रोमाञ्चक र प्रतिस्पर्धात्मक बनेको खेलको २६औं मिनेटमा च्यासलले अर्मान्डको गोलबाट अग्रता लिएको थियो । कप्तान अमिर श्रेष्ठको पासमा अर्मान्डले अफ साइड बिट ट्याप गर्दै हेडमार्फत गोल गरेका थिए । तर, च्यासलको त्यो अग्रता लामो समय टिकेन । ३३औं मिनेटमा प्रदीप लामाले बराबरी गोल फर्काए । सन्तोष श्रेष्ठको क्रसमा प्रदीपको पहिलो प्रहारलाई च्यासलका गोलरक्षक दिनेश थापामगरले रोकेपनि प्रदीपको दोस्रो प्रयास बाउन्स हुदै गोलमा परिणत भएको थियो । 


पहिलो हाफ १–१ गोलको बराबरीमा सकिएपनि दोस्रो हाफको अन्तिम समयमा अर्मान्डले व्यक्तिगत दोस्रो गोल गर्दै च्यासलको फाइनल यात्रा तय गरेका हुन् । च्यासलले अब उपाधिका लागि आइतबार सरस्वती युवा क्लबसँग खेल्नेछ । सरस्वतीले जावलाखेलमाथि १–० को जित निकालेको थियो । 

Global Ime bank

प्रतियोगिताको विजेताले ६ लाख तथा उपविजेताले ३ लाख रुपैयाँ प्राप्त गर्ने आयोजकले जनाएको छ । प्रतियोगिताको उत्कृष्ट खेलाडी र सर्वाधिक गोलकर्ताले समान ३० –३० हजार रुपैयाँ पाउनेछन् । 
 

NIBLNIBL
प्रकाशित मिति: शुक्रबार, वैशाख २०, २०७६  २१:२९
Sipradi LandingSipradi Landing
worldlinkworldlink
प्रतिक्रिया दिनुहोस्
Ncell Side Bar LatestNcell Side Bar Latest
Bhatbhateni IslandBhatbhateni Island
cg detailcg detail
Kumari BankKumari Bank
Shivam Cement DetailShivam Cement Detail
Maruti cementMaruti cement
सम्पादकीय
ICACICAC