site stats
बाह्रखरी :: Baahrakhari
राजनीति
Nabil BankNabil Bank
राष्ट्रपतिको सम्बोधन गैरजिम्मेवार र असंवैधानिक : विवेकशील नेपाली
Sarbottam CementSarbottam Cement

काठमाडौं । राष्ट्रपति विद्यादेवी भण्डारीले शुक्रबार संघीय संसदमा आर्थिक वर्ष २०७६-०७७ को नीति तथा कार्यक्रम सार्वजनिक गर्ने क्रममा 'मेरो सरकार' सम्बोधन गरेको भन्दै विवेकशील नेपाली दलले आपत्ति जनाएको छ ।

विवेकशील नेपालीले शुक्रबार एक प्रेस विज्ञप्ति जारी गर्दै सरकार कुनै व्यक्तिको मात्रै नभएको भन्दै आपत्ति जनाएको हो । विज्ञप्तिमा भनिएको छ, "नेपालको संविधानको धारा २ बमोजिम सार्वभौमसत्ता र राजकीयसत्ता नेपाली जनतामा निहित रहेको स्पष्ट छ । शुक्रबार आगामी वर्षका लागि सरकारको नीति तथा कार्यक्रम प्रस्तुत गर्ने क्रममा राष्ट्रपति विद्यादेवी भण्डारीले पटक-पटक ‘ मेरो सरकार ’ भनेर सम्बोधन गर्दा मुलुकको सार्वभौमसत्ता र राजकीयसत्ता नेपाली नागरिकमा नभई आफूमा निहित रहेको सन्देश दिन खोजेको देखिएको छ  । राष्ट्रपतिले यसरी सम्बोधन गर्नु अत्यन्त गैरजिम्मेवार र संवैधानिक मान्यता विपरीत रहेको विवेकशील नेपाली दलको ठहर छ ।"

Prabhu Bank
Agni Group
NIC Asia

मुलुक सङ्घीय लोकतान्त्रिक गणतन्त्रमा गइसकेको परिवेशमा समेत राजतन्त्रकालीन झल्को दिने गरी आएको यो सम्बोधनले केपी ओली नेतृत्वको सरकारप्रति गम्भीर आशंका उब्जाएको विवेकशील नेपालीले जनाएको छ । राष्ट्रपति नेपाली जनताबाटै चुनिएर बनेको संस्था हुँदा राजतन्त्रको यतिसम्म भद्दा नक्कल गर्नु आवश्यक नभएको टिप्पणी गरिएको छ ।

"विवेकशील नेपाली कुनै एक व्यक्तिको नभई नागरिकको सरकारमा विश्वास गर्दछ । अत: यस गम्भीर घटनाको सत्य तथ्य छानबिन गरी राष्ट्रपतिबाट `मेरो सरकार´ भनाउन भूमिका खेल्नेहरूको बारेमा यथार्थ प्रकाशमा ल्याउन हामी नेपाल सरकार समक्ष माग गर्दछौँ ।"

Global Ime bank

नेपालको संविधानको धारा ६१(४) ले स्पष्टसँग राष्ट्रपति संविधानको पालन र संरक्षण गर्नु प्रमुख कर्तव्य हुनेछ भनेको सन्दर्भलाई समेत मनन गर्दै राष्ट्रपति जस्तो संस्थालाई विवादमा ल्याउने कार्य नगर्न सरकारलाई खबरदारी समेत गर्ने विवेकशील नेपालीको विज्ञप्तिमा उल्लेख छ ।

विज्ञप्तीमा भनिएको छ, "राष्ट्रपतिको पद तथा संस्थालाई व्यक्ति र दलीय घेरा भन्दा माथि उठ्न, नेपाली माटो सुहाउँदो व्यवहार प्रदर्शन गर्न तथा संविधान मातहत रहन समेत विवेकशील नेपाली दल यसै विज्ञप्ति मार्फत जोडदार माग गर्दछ । यदी  नियतवश नै सार्वभौमसत्ता र राजकीयसत्ता एक व्यक्तिमा निहित गर्न कसैले खोजेको हो भने लोकतन्त्र र स्वतन्त्रताप्रेमी नागरिकहरू एकजुट भएर नेपालमा सही अर्थमा `नागरिकको सरकार´ स्थापना गर्नुपर्ने आवश्यकतातर्फ पनि हामी सम्बन्धित सबैको ध्यानाकर्षण गराउछौं ।"
 

NIBLNIBL
प्रकाशित मिति: शुक्रबार, वैशाख २०, २०७६  २०:०९
Sipradi LandingSipradi Landing
worldlinkworldlink
प्रतिक्रिया दिनुहोस्
Ncell Side Bar LatestNcell Side Bar Latest
Bhatbhateni IslandBhatbhateni Island
cg detailcg detail
Kumari BankKumari Bank
Shivam Cement DetailShivam Cement Detail
Maruti cementMaruti cement
सम्पादकीय
नबिर्सौँ भूकम्पले सिकाएको पाठ !
नबिर्सौँ भूकम्पले सिकाएको पाठ !
ICACICAC